कालिञ्चोक गाउँपालिका विद्यालय बाहिर बालबालिका मुक्त घोषणा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
दोलखा, ३१ भदौ
कालिञ्चोक गाउँपालिका विद्यालय बाहिर बालबालिका मुक्त घोषणा भएको छ । आइतबार निकोभुमे मावि बाबरेमा आयोजित एक कार्यक्रमबाट सिंगो गाउँपालिका भित्र अब कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरिएको छ ।
गाउँपालिकाले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय पठाउँन साउन भदौ महिना विशेष अभियानै सञ्चालन गरेको थियो । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले अब कुनै पनि बालबालिका आफ्नो गाउँपालिका भित्र विद्यालय बाहिर नभएको घोषणा गरे । साउन भदौमा गरेको अभियानबाट ६८ जना बालबालिका विद्यालय भर्ना गरेको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय शिक्षा इकाई प्रमुख शंकरबाबु श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा ति विद्यार्थीहरुलाई स्वागत समेत गरेको थियो । थप भएका विद्यार्थीहरु गाउँपालिकाका वडा नं. १, ३, ४, ५ र ६ का सबैभन्दा बढी रहेका थिए । कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरु समेत उपस्थित थिए ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिका विद्यालय बाहिर बालबालिका मुक्त घोषणा"

Leave a comment

Your email address will not be published.


*