किसान नेता भण्डारीले फलाए ठुलो आँप

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–किसान नेता शिवप्रसाद भण्डारीको बैगंैचामा सबैभन्दा ठूलो आँप फलेको छ । नेकपाका नेता एवं अनुशासन आयोगका केन्द्रीय सदस्य भण्डारीको बगैंचामा एउटै आँप एक किलोसम्मको फलेको हो ।
आफूलाई किसानै भन्न रुचाउने भण्डारीले दोलखाको मेलुङ गाउँपालिकाको सुकाठोकर २ स्थित ठूलीबेसीमा बगैंचा स्थापना गरेका छन् । उनले उत्पादन गरेको आँप दोलखामै खपत भएको छ । यस पटक करिब मल्लिका र अम्रपालिका जातको ३५ बोट आपबाट ५०० केजी आँप उत्पादन भएको भण्डारीले बताएका छन् । नेकपा दोलखाका स्थानीय नेताहरु भण्डारीको व्यावसायिक फर्ममा गएरै आँप खरिद गरेका छन् ।
यसअघि व्यावसायिक अनार खेतिका लागि आकर्शित भण्डारीले आफ्नो फेसबुकमा अनार फर्म सोचेजस्तो नफलेको हुनाले आँपतर्फ लागेको जनाएका छन् । उनले फेसबुकमा भनेका छन् “अनारमा धेरै रोग लाग्यो । त्यसको निराकरणका लागि अनेक उपाय पनि अपनाइयो तर पनि सोचेजस्तो प्रतिफल आएन । धेरै अनारका विरुवा मरे । केहि बोटमा अनार पनि फल्यो तर पाक्ने बेला सबै कुहिएर झर्यो । ठूलीबेसीको करिब ४० रोपनीमा गरिएकोआँपका बोटहरु क्रमश हुर्किदै गएका छन् । भण्डारीले आफ्नो फेसबुकमा भनेका छन् “आँपबाट भने केहि सन्तुष्टी मिलेको छ ।“ भण्डारीले भने “मैले यो नमुनाका रुपमा सुरु गरेको हुँ । गाउँबाट धेरै आर्थिक उपार्जनका लागि पलाएन भएका छन् । उनीहरुलाई प्रेरणा दिन मैले कृषिको व्यावसायिक खेति सुरु गरेको हुँ ।
गाउँमा जनशक्ति अभाव छ तै पनि जसो तसो म र मेरी श्रीमति कल्पाना भण्डारीले फार्म रेखदेख गर्ने गरेका छौ ।“ अहिले कल्पना भण्डारी मेलुङ गाउँपालिकाकी उपाध्यक्ष छिन् । मंगलबार दोलखाका एमाले नेताहरुले आँप खरिद गरेको तस्वीर फेसबुकमा राख्दै भण्डारीले भनेका छन् (हामीले गाउँमा बसेर गर्ने भनेको कृषि नै हो ।
जीवन निर्वाह गर्न गरिने खेती भन्दा पनि व्यावसायिक खेति आवश्यक छ । गाउँ गाउँमा व्यावसायिक खेतितर्फ आकर्षित गर्न नीतिगत कुराहरु करिब करिब बनाइसकिएको छ । अब खेतबारीमा पसेर काम गर्ने बेला आएको छ । गाउँमा पनि धेरै सम्भावना छ है केहि गरेर देखाउन ! उनी आफ्नो गाउँ घ्याङसुकाठोकर मात्र होइन जिल्लाका अन्य भागमा समेत यस अभियानमा किसानहरुलाई अनार लगाउन उत्पे्ररणा जगाइ रहेका छन् । यसमा गाँउलेको पनि सकृय सहयोग रहेको छ ।
“अहिले गाँउगाँउमा विकास निर्माणका नामममा सडक र्निमाण गरिएको छ” उनले भने “यसले स्थानीय बासिन्दाको आर्थिक स्थिति नफेरिएका कारण सामुहिक खेतीमा लागेको हुँ ।” उनको यो अभियानमा जिल्लाका अन्य राजनैतिक दलका नेताहरुले समेत साथ दिएका छन् । पूर्व सभासद देवी खड्काले अनारका विरुवा उत्पादनका लागि समेत आर्थिक लगानी गरिन् । अहिले भण्डारीले आफ्नो छुट्टै फारामको रुपमा अनार लगाए पनि गाउँ गाउँमा यो अभियान चलाएका छन् ।

Shares

Be the first to comment on "किसान नेता भण्डारीले फलाए ठुलो आँप"

Leave a comment

Your email address will not be published.


*