कृषि र पशुपञ्छीका कर्मचारीले तलब पाउने

दीक्षण समाचार
चरिकोट,
कृषि र पशुपञ्छि मन्त्रालय अन्र्तगतका कर्मचारीले अब चालु आर्थिक वर्षको तलबभत्ता पाउने भएका छन् । प्रदेश माताहातका कृषि र पशु विकासका २ सरकारी कार्यालयका कर्मचारीहरु ५ महिनादेखि तलब विनै काम गर्दै आएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार एक परिपत्र गरी सबै स्थानीय निकायलाई कर्मचारीलाई तबल भत्ताको व्यवस्था गर्न आव्हान गरेको छ । कृषि तथा पशुपञ्छि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीलाई सम्बन्धित मन्त्रालयबाट तलब भत्ता लिन व्यवस्था मिलाउन १५ दिन अघि आग्रह गरेको थियो ।
दोलखामा पनि तत्कालिन जिल्ला कृषि विकास कार्यालयमा कार्यरत ७ जना कार्यालय सहयोगी र भेटियनरी अस्पतालका कर्मचारीहरुले चालु आर्थिक वर्ष लागेदेखि तलब समेत बुझ्न पाएका छैनन् ।
मन्त्रालयको परिपत्रसँगै छैठौं महिनामा तलब पाइने कर्मचारीहरुको आशा पलाएको छ । ३ तहको सरकार मध्ये यस वर्ष ३ नं. प्रदेश मातहातका कर्मचारीहरु रित्तो हात दसैं मनाउन घर फर्केपछि धेरै जसो कार्यालयका कर्मचारीले तिहार अघि तलब पाए । प्रदेश सरकार माताहातका डिभिजन बन, खानेपानी, कृषि, भू संरक्षण, पशु सेवा, सिंचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारीहरु मध्ये कृषि र भेटिनरीका ३० जना कर्मचारीहरु तलब विनै काम गर्दै आएको कोइरालाले जानकारी दिए ।
सरकारले कर्मचारीका लागि दसैं तिहार जस्ता चाडपर्व मनाउन एक महिनाको तलब बराबरको खर्च दिदैं आएको छ । तर यसपाली साउनदेखिको तलब समेत प्रदेश सरकार माताहातका कर्मचारीले पाएका छैनन् । हरेक महिना तलब बुझ्दै आएका कर्मचारीहरु दसैं तिहारको खर्च समेत जोड्दा ६ महिनाको तलबभत्ता लिनु पर्ने हुन्छ ।
चरिकोटमा तत्कालिन जिल्ला पशु सेवा कार्यालयलाई दोलखा र सिन्धुपालचोक हेर्ने गरी भेटिएनरी अस्पतालको रुपमा सञ्चालन गर्ने गरी बोर्ड राखेको छ । तर यसको न त कुनै स्पष्ट काम छ न त निर्देशन । त्यहाँका कर्मचारीहरु पनि दैनिक आउँने र सामान्य परम्परागत काम बाहेक अरु पनि छैन तलब पनि छैन ।
तत्कालिन कृषि विकास कार्यालयका ७ कार्यालय सहयोगीहरु भने कार्यालय विनै किबी जोनमा पुगेर खाली कागजमा हाजिरी गर्दै फर्किदै गरेका थिए । उनीहरुको न त कार्यालय छ न त काम नै । “हामीलाई कि काम दिनु प¥यो, कि अबकास” कृषि कार्यालयका कर्मचारी पर्शुराम थापाले भने “अरुका हाकिम र लेखाका कर्मचारी हुनेले तलब ल्याएर खुवाए हाम्रो त कोही छैनन् कसलाई भन्ने के गर्ने थाहा छैन ।” कृषिका ति सबै स्थायी कर्मचारी हुन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "कृषि र पशुपञ्छीका कर्मचारीले तलब पाउने"

Leave a comment

Your email address will not be published.


*