केपी ओली प्रधानमन्त्री

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।
वाम नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएकै थिएनन् । हतारहतार अन्तिम मन्त्रिपरिषद् बैठक राखेका देउवाले बालुवाटारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिए । लगतै बालुवाटार पुगेका उनले राजीनामा बुझाए ।
वाम नेताहरुलाई अर्को कोठामा राखेर राष्ट्रपतिले देउवको देउवाको राजीनामा बुझिन् । लगतै ओलीलार्ई प्रधानमन्त्री नियुक्त गरे । बहुमत दाबी गर्दै विहान ९ बजेतिरै शीतल निवास पुगेका वाम नेताहरु ओलीले नियुक्ति बुझेपछि मात्र मात्र बाहिरिएका थिए ।

शीतल निवासमा सपथ
नवनिर्वा्चित प्रधानमन्त्री ओलीले बिहीबार पद तथा गोपनियताको सपथ लिए । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमै निर्वमान प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई सत्ता हस्तान्तरण गरे ।
सपथपछि लैनचौरस्थित सहिद स्मारकमा पुगेर माल्यापर्ण गरेका नवनिर्वा्चित प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर पदभार सम्हाल्दैछन् ।
३० दिनभित्र विश्वासको मत दिनुपर्ने
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त पर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

यस्तो छ उनको राजनैतिक करियर
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मुलुकको प्रधानमन्त्री भएका हुन् । २००८ साल फागुन ८ गते झापामा जन्मिएका ओलीको राजनीतिक करिअर निकै उतारचढावपूर्ण छ । पछिल्ला केही वर्ष उनी नेपाली राजनीतिको केन्द्रमा छन् ।
भारतले नाकाबन्दी लगाउँदा उनी प्रधानमन्त्री थिए । उनी यसअघि गृहमन्त्री, परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री भइसहेका छन् । ओली हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ विजयी भएका थिए ।
०७१ असार १९–२५मा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनमा ओली अध्यक्षमा निर्वा्चित भएका थिए। माधवकुमार नेपाललाइ पराजित गरेर उनी अध्यक्ष पदमा पुगेका हुन्। यसअघि उनी ०७० माघ २१ मा सम्पन्न संसदीय दलको निर्वाचनमा संसदीय दलको नेता चुनिएका थिए।

ओलीको सरप्राइज पण्डित र थापालाई
एमाले सांसद लालबाबु पण्डित नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार शीतलनिवास पुगेका थिए ।
तर, एमाले अध्यक्ष समेत रहेका ओलीले लालबाबुलाई सरप्राइज दिए । ओलीले एमाले सांसदद्वय लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएर सरप्राइज दिएका हुन् ।
प्रधानमन्त्री ओली आफ्नो सपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा थिए । मन्त्रीको सम्भावित नाममा एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीको चर्चा थियो ।
तर, भयो अर्कै ! लालबाबु पण्डित बिहीबार नै मन्त्री बन्छन् भनेर धेरैले अनुमान नै गरेका थिएनन् । उनी स्वयंले पनि त्यसको सुइँको पाएका थिएनन् । तर, प्रधानमन्त्रीको सपथ सुरु हुनु केही मिनेटपछि उनलाई खबर आयो कि तपाई मन्त्री हुँदै हुनुहुन्छ ।
आफूले सम्हाल्ने मन्त्रालय त उनले राष्ट्रपति कार्यालयका सचिवले सपथका लागि बोलाउँदा मात्रै थाहा पाएका थिए ।पण्डित भन्छन्, ‘मन्त्री बन्ने कुरा थाहा थिएन । मन्त्रालय त सचिवले भनेपछि थाहा पाएँ ।’
अर्की मन्त्री थममाया थापाको अवस्था पनि त्यस्तै रहृयो । प्रधानमन्त्रीको सपथमा सहभागी हुन शीतलनिवास पुगेकी एमाले सांसद थापा महिला तथा बालबालिका मन्त्रीको सपथ लिएर फर्किएकी छन् ।

Shares

Be the first to comment on "केपी ओली प्रधानमन्त्री"

Leave a comment

Your email address will not be published.


*