गाउँपालिकामा रोजगारीको अवसर

दीक्षण समाचार
चरिकोट, २४ मंसिर
दोलखाका स्थानीय तहहरुमा रोजगारका अवसरहरु प्रशस्त खुलेका छन् । सोमबार ४ वटा स्थानीय तहले एकै पटक १६ जनाका लागि रोजगार खुलाएका छन् । स्थानीय तहमा आवश्यक स्वास्थ्य र निर्माण क्षेत्रका लागि एकै पटक यति धेरै संख्यामा जनशक्ति माग गरेका हुन् ।
तामाकोसी गाउँपालिकाले ५ जना सव इन्जिनियर र २ जना सुरक्षा गार्डको माग गरेको छ । त्यसैगरी विगू गाउँपालिकाले १ जना कानुन अधिकृत र अमिन १ जनाको माग गरेको छ । मेलुङ गाउँपालिकाकाले ३ जना अनमी, बैतेश्वर गाउँपालिकाले अनमी ३ जना र सिएमए १ जना माग गरेको छ ।
यस अघि भीमेश्वर नगरपालिकाले भेटिएनरी र कृषिका लागि जेटिएको माग गरेको थियो । त्यसको आवेदन दिने दिन नजिककीदै गएको छ । कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, जिरी नगरपालिका र शैलुङ गाउँपालिकाले पनि यस अघि गाउँपालिका भित्र रिक्त पदपूर्ती गर्दै आइरहेका छन् ।
स्वास्थ्य, निर्माण, शिक्षक, जस्ता जनशक्ति स्थानीय सरकारले नै करारमा भर्ना गर्न पाउँने व्यवस्था अनुसार स्थानीयस्तरमै विज्ञापन खुल्ने गरेको छ । आवश्यक योग्यता पुगेका उम्मेद्वारहरुले सम्बन्धित स्थानीय तहमा सम्पर्कका लागि समेत आग्रह गरेका छन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "गाउँपालिकामा रोजगारीको अवसर"

Leave a comment

Your email address will not be published.


*