चरिकोट सफा नै राख्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

केही हप्तायता हेर्दा चरिकोट सफा देखिन्छ । बजार सरसफाइमा सबै बजारबासी लागेका देखिन्छन् । स्थानीय, जनप्रतिनिधिहरु कसरी चरिकोटलाई सफा राख्ने भन्ने योजना पनि बनाउँदै छन् । केही महिना पहिला आउँने जिल्ला बाहिरका पर्यटकहरु पछिल्लो पटक आउँदा अचम्म मान्न सक्छन् । नमानुन् पनि किन । पहिला आउँदा जताततै फोहोर अहिले कागजका टुक्रा समेत भेट्न गाह्रो ।
नगर सफा बनाउन भीमेश्वर नगरपालिकाले पनि कानुन नै तयार गर्दैछ । भीमेश्वर नगरसभाको विधेक अधिवेशन चलिरहेको छ । त्यो सभामा फोहोर मैला व्यवस्थापनका लागि छुट्टै विधेकको मस्यौदा तयार गरेको छ । त्यसलाई पारित भए कानुनको रुपमा लागू हुनेछ ।
सफा चरिकोट अभियानमा पछिल्लो पटक मेयर पनि सहभागी भए । मेयर भरत केसी विकासे मोडेल अवलोकनका लागि सिक्किम गएका बेला स्थानीयले गरेको प्रयासमा फर्केपछि साथ थिए । हरेक शुक्रबार बजार सरसफाइ अभियान चलाउने कार्यक्रम भएका छन् । गएको शुक्रबारको कार्यक्रममा मेयर आफैं सहभागी भए ।
स्थानीय केही व्यक्तिहरुले चरिकोट बीच बजारबाट सुरु गएको अभियान विभिन्न टोल हुँदै अहिले सिंगो चरिकोट बजारमा लागू भएको छ । अभियानमा भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ का वडा अध्यक्षहरु हरिशरण शिवाकोटी र नवीन लामाले संस्थागत गरे । उनीहरुकै प्रयासमा विभिन्न ठाउँमा टोल समिति गठन गरेका छन् । सोही समितिले आफ्नो टोल सरसफाइमा योजना र कार्यक्रम बनाएर लागू गराएका छन् ।
गरे नहुने के छ र भन्ने पछिल्लो उदाहरण सफा चरिकोट अभियानले पनि पुष्टि गरेको छ । दोलखा सदरमुकाम समेत रहेको चरिकोट नै सबैको नजर पर्छ । पछिल्लो समयमा कालिञ्चोक र भीमेश्वरका लागि पर्यटकहरु बढी रहेको बेला सफा चरिकोटले पनि थप आकर्षण बढाउने नै छ ।
फोहोर नै नगरपालिकाको लागि दशक अघिदेखि चुनौतीको विषय बनेको थियो । नगरपालिकाले जति नै राम्रा काम गरे तापनि फोहोर व्यवस्थापन गर्न नसक्दा त्यसको मूल्याङ्कन राम्रो हुन सकेको थिएन । अब फोहोर चरिकोटबाट सफा र सुन्दर चरिकोट भनेर नाम परिवर्तन हुनेछ । त्यसमा यो अभियान सुरु गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि निरन्तरताका लागि शुभकामना ।

Shares

Be the first to comment on "चरिकोट सफा नै राख्ने"

Leave a comment

Your email address will not be published.


*