चीनले भन्यो–अमेरिकाद्वारा मानवअधिकार उल्लंघन

बेइजिङ । चीनले अमेरिकाको आग्रह अनुसार चिनियाँ मोबाइलफोन कम्पनी हुवावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख मङ्ग वान्जूलाई क्यानडामा पक्राउ गरिएको भन्दै अमेरिकाले मानवअधिकारको उल्लंघन गरेको आरोप लगाएको छ ।

चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइका संस्थापककी छोरी वान्जू १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् र उनलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई आज शुक्रवारका लागि तय भएको जनाइको छ ।

पक्राउको विस्तृत कारण खुलाइएको छैन तर अमेरिकाले इरानमाथि लगाइएको प्रतिवन्धहरूको खिलाफ हुनेगरी ुहुवावेले काम गरेकोबारे अनुसन्धान गरिरहेको बताएको छ।

चीनको  विदेशमन्त्रालयका एकजना प्रवक्ताले पत्रकारहरुसँग  कुरा गर्दै भनेका छन् “कुनै कारण नखुलाई व्यक्तिको गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन भएको ठहर्छ। हामीले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो जनाएका छौं र उनको कानुनी अधिकार संरक्षण हुनेगरी तत्काल रिहाईको माग गरेका छौं।’’

एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको सो कम्पनीले बताएको छ।   ओटावास्थित चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको जनाएको छ ।

हुवावेले एक वक्तव्य जारी गर्दै  आफू कार्यरत देशका सबै कानुन तथा नियमहरूको पालना गरेको बताउँदै संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा युरोपेली संघको पनि आयात नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी कानुनहरूको पालना गरिरहेको जनाएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "चीनले भन्यो–अमेरिकाद्वारा मानवअधिकार उल्लंघन"

Leave a comment

Your email address will not be published.


*