च्यामामा ५ वर्षिया बालिका माथि बलात्कार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, २१ भदौ
तामाकोसी गाउँपालिका वडा नं. ६ च्यामामा ५ वर्षिया बालिका माथि बलात्कार भएको छ । बलात्कारका घटना देशभर भइरहेको बेला च्यामामा पनि बालिका त्यसको सिकार भएकी छिन् ।
सोमबार साँझ घरमै खेलिरहेकी बालिका घर नजिकै बलात्कारित भएको आफन्तले जानकारी दिएका छन् । बालिकामाथि बलात्कार गर्ने सरकारी कर्मचारी भएको आफन्तले बताएका छन् । घटनाको भोलिपल्टै चरिकोट ल्याएर बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार नै भएको प्रमाणित भएको आफन्तले जानकारी दिए ।
घटनाको भोलिपल्टै घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखामा आफन्तले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता माधव काफ्लेले बलात्कार घटनाको जाहेरी आएको स्वीकार गरे । जाहेरीपछि घटनाको अनुसन्धान भइरहेको र पीडकको खोजी भइरहेको उनले बताए । पीडक सरकारी कर्मचारी भए पनि छिमेकी हुन् । महिला अधिकारकर्मी रिता रिमालले बालिका बलात्कार गर्नेमाथि कडा कारबाहीको माग गर्दै आएकी छिन् ।

Shares

Be the first to comment on "च्यामामा ५ वर्षिया बालिका माथि बलात्कार"

Leave a comment

Your email address will not be published.


*