जनसरोकार साकोसले पुरा ग¥यो सातौं बर्ष

चरिकोट– बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्वुमा रहेको जनसरकोकार बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न  भएको छ । संस्थाका अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्तसाधारण सभामा प्रमुख अतिथि दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित ३ नम्बर प्रदेशको प्रदेश सभा सदस्य विशाल खड्काले सभाको उद्धघाटन गरेका थिए । उक्त सभामा बोल्दै सांसद खड्काले देशको आर्थिक विकासमा सहकारीको अहम् भूमिका रहेको भन्दै सहकारीले गरेका कामप्रति धन्यवाद व्यक्त गरे । राज्यका आँखा नपुगेको ठाउँहरुमा समेत सहकारी मार्फत त्यस ठाउँका स्थानीय जनताहरु स्वरोजगार बन्न लागेको र आर्थिक रुपमा बलियो÷मजबुत हुँदै गरेका उदाहरण खड्काले व्यक्त गरे  त्यसैगरी बैतेश्वर गा.पा.–७ का वडा अध्यक्ष रेशम राजस्वराज रिमालले पनि देशको अर्थतन्त्रमा सहकारीको ठुलो योगदान रहेको र अझ सहकारीलाई मजबुद बनाउनको लागि सहकारी संगठित रुपमै अघि बढ्नुपर्नेमा जोड दिए । अझै सहकारी क्षेत्र स्थानीयको पहुँचमा हुनुपर्नेमा रिमालको भनाई रहेको थियो । सोही अवसरमा संस्थाको संचालक समितिका सदस्य लालप्रसाद चौलागाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त साधारण सभामा सचिव चुडा बहादुर श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेद, कोषाध्यक्ष शिखरनाथ रिमालले आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रेम कुमार श्रेष्ठले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६७ सालमा स्थापना भएको उक्त सहकारीले अहिले १ करोडभन्दा माथिको कारोबार गर्न सफल भएको छ । उक्त संस्थामा हाल ९४ लाख ९१ हजार ४ सय ९८ रुपैयाँ सम्पति रहेको छ । वर्षैपिच्छे विभिन्न क्षेत्रमा सम्मान गर्दै आएको उक्त संस्थाले यस वर्ष पनि वृद्धतर्फ जमानसिंह श्रेष्ठ, वृद्धातर्फ पदमकुमारी रिमाल, उत्कृष्ट शेयर खरिद गर्ने विवेक श्रेष्ठ, असल ऋणी श्रृजन कुमार घिमिरे, असल बचतकर्ता विनोद उप्रेती र विद्यार्थीतर्फ २०७३ सालको एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने गंगा रिमाललाई सम्मान गरेको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "जनसरोकार साकोसले पुरा ग¥यो सातौं बर्ष"

Leave a comment

Your email address will not be published.


*