तल्लो खारे खोला प्रभावितका लागि सेयर माघमा जारी हुने

दीक्षण समाचार
चरिकोट, २७ मंसिर
तल्लो खारे खोला जलविद्युत आयोजनाको प्रबद्र्धक कम्पनी यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले स्थानीयबासी तथा सर्वसाधारणलाई गरी ९६ लाख ६१ हजार ६१० कित्ता आईपिओ निष्काशनको अनुमति दिएको छ ।
जस अनुसार कम्पनीले स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्कासन गर्नेछ । कम्पनीले कुल जारी पूँजीको ४६ प्रतिशत बराबरको साधारण सेयर जारी गर्ने भएको हो ।
निष्काशन हुने सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित लागि निष्काशन हुनेछ भने बाँकी सेयर संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्व

साधारणलाई सेयर निष्कासन हुनेछ ।
युनिभर्सल पावर कम्पनीले गत जेठ १८ गते आइपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन पेश गरेको थियो । हाल कम्पनीको जारी पूँजी दुई अर्ब १० करोड रूपैयाँ छ ।
साधारण सेयर जारी गर्न युनिभर्सलले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ । दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले गत माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित गौरीशंकर गाउँपालिकाको वडा नं. ५, ६,७,८ का सुरी, खारे, चंखु मार्बु र विगू गाउँपालिकाको वडा नं. ४ रहेका छन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "तल्लो खारे खोला प्रभावितका लागि सेयर माघमा जारी हुने"

Leave a comment

Your email address will not be published.


*