तल्लो खारे जलविद्यूतमा स्थानीयको लागी शेयर खुल्ला

चरिकोट –दोलखा निर्माण भइराखेको तल्लो खारे जलविद्यूतको स्थानीयको लागि शेयर खुल्ला भएको छ । स्थानीयले आयोजना प्रभावित क्षेत्रका स्थानीयले यही पौष १५ देखि २९ गतेसम्म शेयर आवेदन गर्न सक्नेछन् ।
यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी शुक्रवार जारी गरेको छ । आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन गरेको हो ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । आयोजना प्रभावित बाहेक ७५ लाख ६१ हजार २६० कित्ता साधारण शेयरको पाँच प्रतिशत अर्थात् तीन लाख ७८ हजार ६३ कित्ता सामूहिक लगानी कोष र एक लाख ५१ हजार २२५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ । त्यस्तै बाँकी सात करोड ३१ लाख ९७२ कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्टयाइएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको धितोपत्र निष्कासन बन्द भएपछि बिक्री नभएको शेयर समावेश गरी सर्वधारणका लागि शेयर बिक्री खुल्ला गर्ने जनाएको छ । कम्पनीले गत मङ्सिर २७ गते नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीले निष्कासन गर्ने शेयरलाई ईक्रा नेपाल लिमिटेडले आइपिओ ग्रेड चार प्रमाणपत्र प्रदान गरेको छ । उक्त कम्पनीले दोलखामा रु २०४.६ करोडको लागतमा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनामा निर्माण गरिरहेको छ ।
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले गत माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित गौरीशंकर गाउँपालिकाको वडा नं. ५, ६,७,८ का सुरी, खारे, चंखु मार्बु र विगू गाउँपालिकाको वडा नं. ४ रहेका छन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "तल्लो खारे जलविद्यूतमा स्थानीयको लागी शेयर खुल्ला"

Leave a comment

Your email address will not be published.


*