तामाकोसीको तल्लो ठाडो साप्mटको काम एन्द्रिजलाई दिने

दीक्षण समाचार
लामाबगर, ९ पुस
निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पेनस्टकको काम आधा काम अष्ट्रियाको एन्द्रिज हाइड्रो कम्पनीलाई दिने भएको छ । ४५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याकोले गर्न नसकेको काम टुक्रयाएर एन्द्रिजलाई पनि दिन लागेको हो ।
पेनस्टक पाइप ढुवानी र जडानकै कारण आयोजनाको उत्पादन मिति लम्बिरहँदा आयोजना व्यवस्थापन, नेपाल विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयको पहलमा भएको वार्तापछि उक्त सहमति भएको हो । यसबारे पुस २३ गतेसम्म प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड र हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्द्रिजलाई दिने सहमति भएको हो । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ । आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङ सहित बाँकी काम टेक्सम्याको आफैंले गर्ने गर्ने भएको छ ।
लट २ को ठेक्का लिएको टेक्सम्याको इण्डिया लिमिटेड एन्ड्रिजलले आफूले गर्न नसकेको काम समेत एन्द्रिजलाई दिन सहमत भएकाले सुनकोसी पावर हाउस खाडीचौरमा रहेको तल्लो पेनस्टकको पाइप समेत दुवै मिलेर ढुवानी गर्ने र जसले ढुवानी गरेको हो उसैले भुक्तानी पाउने सहमति भएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । कसरी कुन दरमा गराउने भन्नेमा छलफल भइरहेको न्यौपानेले जानकारी गराए । थप भार नपर्ने गरी बाँकी कामको ठेक्का दिइने उनले सुनाए ।
लट २ अन्तर्गत हाइड्रो मेकानिकलकोको काम गर्न नसकेपछि तामाकोसीले विकल्पमा बाँकी काम एन्ड्रिजलाई दिन लागेको हो । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । माथिल्लो पेनस्टक साफ्ट सहितका अन्य काम आफैं गर्ने टेक्सम्याकोले जनाएको छ । तर टेक्सम्याकोले अहिले कबुल गरेको काम समेत गर्न नसके ति पनि एन्द्रिजलाई दिन सक्ने स्थिति रहेको उनले बताए ।
आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदी पर्दछन् । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्ने छ ।
पेनस्टकमा चाहिने ठूला र साना गरेर एक सय ९८ पाइपमध्ये आधाजसो सिन्धुपाल्चोकको सुनकोसीमा खसालिएका छन् । केही पाइप अझैं भारतमै छन् । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कंक्रिटिङको काम समेत रोकिएको छ ।
वर्षात्को समयमा सडकलाई दोष दिएर काम रोकिए तापनि हिउँद लागेर सडक सुधार भए तापनि ढुवानी प्रभावकारी हुन सकेको छैन । खाडीचौरदेखि–चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारका कारण असहज भने भएको छ । तर त्यही सडक भएर पाइपभन्दा ठूला भार भएका उपकरण लट ३ को एन्द्रिजले गत वर्ष नै ढुवानी सकेर जडान गरिसकेको छ ।
२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भुकम्पपछि संशोधिन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखियो । तर लट २ कै कारण ६ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ असारसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भुकम्प र नाकाबन्दी, डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिदा हुने प्रशासनीक खर्च लगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागत समेत बढेर व्याज सहित दोब्बर हुने अनुमान छ ।
आयोजनाबाट उत्पादनहुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सव स्टेशनको काम पनि ढिलाइ छ ।
आयोजनाको ९७ .५ प्रतिशत काम पुरा भइसक्दा टेक्सम्याकोले गर्दा ढिलाइ हुन पुगेको हो । आयोजना निर्माणमा अहिलेसम्म करिब ४३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले विद्युतगृह गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "तामाकोसीको तल्लो ठाडो साप्mटको काम एन्द्रिजलाई दिने"

Leave a comment

Your email address will not be published.


*