तामाकोसी गाउँपालिकाले ग¥यो, जनप्रेमी कामको घोषणा,सुकुम्बासीलाई घरेडी किन्न डेढ लाख

दीक्षण समाचार
जफे, ८ अजोज
तामाकोशी गाउँपालिकाले किसानका लागि आकर्षक अनुदान कार्यक्रमको घोषणा गरेको छ । तामाकोशी गाउँपालिकाले कृषि र पशुपालनलाई विशेष ध्यान दिँदै किसानका लागि विभिन्न आकर्षक कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममो सार्वजनिक गर्दै किसानले कम्तिमा ६० हजार मूल्य पर्ने दुहुना उन्नत जातको गाई र भैंसी कम्तिमा २ वटा पालेमा २० हजार अनुदान पाउने भएका छन् । स्थानीयस्तरमै कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न र उत्पादन बढाउन यस्तो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार माउ बङ्गुर कम्तिमा २ वटा पाल्नेलाई ३ हजार, भेडा र बाख्रा १० वटा भन्दा बढी माउ पाल्नेलाई ३ हजार, दस घार भन्दा माथि माहुरी पालन गर्नेलाई प्रतिघार १ हजार ५०० अनुदान उपलब्ध गराइने निर्णय भएको छ । त्यस्तैगरी कम्तिमा ४० स्थानीय जातका माउ कुखुरा भाले र पोथी पाल्नेलाई १० हजार, तरकारी या मसला बालिप्रति रोपनी १० हजार, फलफूल ३ रोपनी भन्दा माथि ३० हजार अनुदान दिने भएको छ ।
माछापालन पोखरी निर्माण (लगानी ६० हजार माथि खर्च गर्नेलाई) २० हजार, दुग्ध संकलन केन्द्रमा बेच्ने दुधमा प्रतिलिटर १ रुपैयाँ, विभिन्न पशुपालनको लागि गोठसुधार कार्यक्रम र उत्पादित कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनको उचित व्यवस्था समेत गरिएको छ । गाउँपालिका अध्यक्ष पोखरेलले एक वर्षको सिकाइबाट अब गाउँपालिका देशकै नमुना बनाउने गरी काम सुरु भएको दाबी गरे । अध्यक्ष पोखरेलले नीति तथा कार्यक्रम निर्धारित समय भित्रै पास भए तापनि त्यसको विषयगत रुपमा सार्वजनिक गर्न ढिला मात्र भएको दाबी गरे ।

सुकुम्बासीलाई घरेडी किन्न डेढ लाख
तामाकोशी गाउँपालिका भित्र ३ पुस्तादेखि सुकुम्बासी भएको प्रमाणित भएमा घरेडी किन्नका लागि डेढ लाखसम्म अनुदान दिने घोषणा गरेको छ । त्यसैगरी तामाकोशी गाउँपालिकाका ७ वटै वडामा कम्प्युटर ईन्टिच्युट स्थापना गर्ने निर्णय समेत गरेको छ । उत्कृष्ट छोरा, बुहारी छोरी पुरस्कार कार्यक्रमको समेत घोषणा गरेको छ । गाउँपालिका भित्रका ज्येष्ठ नागरिक (बा, आमा वा हजुरबा,हजुरआमा)लाई अत्यन्त मायाँ र सम्मान गरेर पालनपोषणहरुलाई यस्तो व्यवस्था गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
बुढाबुढी भएपछि पालनपोषण राम्रो नहुने संस्कार बढ्दै गएकाले त्यसको प्रोत्साहन स्वरुप यस्तो व्यवस्था परेको उनले बताए । चालु आर्थिक वर्षमा २१ जोडी छोरा र बुहारी छोरीलाई ५ हजारका दरले पुरस्कारको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेलले जानकारी दिए ।
गाउँपालिका भित्रका सबै ग्रामिण सडकहरुमा दशैं अगाडि गाडी चल्नेगरी सडक सफा गर्न वडा तथा प्राबिधिकहरुलाई निर्देशन सहित वजेट विनियोजन समेत गरेको उनले जानकारी दिए । गाउँपालिका भित्रका एक वडा एक सडक विशेष महत्वको रुपमा घोषणा गरेर १२ वर्षैभरी चल्ने गरी तयार गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरको छ । एक घर ५ विरुवा घर वरपर लगाउन समेत प्रोत्साहन गर्ने भएको छ ।
त्यसैगरी ७ वटा विद्यालय र हेल्थपोष्टमा विद्युतीय हाजिरीको सुरुवात प्रणालीको सुरुवात गर्ने समेत भएको छ । त्यसको कण्ट्रोल मेकानिजम गाउँपालिकामा कार्यालयले गर्ने उनले बताए । वर्षभरीमा कम्तिमा २ पटक घरघरमा स्वास्थ्य उपचार अभियान सुरु गर्ने भएको छ । गत वर्ष एक पटक भएको त्यो उत्कृष्ट भएकाले यस वर्ष २ पटक राखेको उल्लेख छ ।
नागरिकको उपचार सम्बन्धि हकको ग्यारेण्टी गर्न सरकारले निशुल्क वितरण गर्दै आएको औषधी स्वास्थ्य चौकीका कुनै पनि दिन अभाव हुन नदिने व्यवस्था गर्ने भएको छ । महामारी फैलिएमा एक लाखसम्मको औषधी स्वास्थ्य चौकीले सिधै खरिद गर्न सक्ने व्यवस्था समेत गरेको छ । गाउँपालिका भित्रका हरेक स्वास्थ्य चौकीमा एक÷एक लाखको आकस्मिक कोषको स्थापना गर्ने भएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "तामाकोसी गाउँपालिकाले ग¥यो, जनप्रेमी कामको घोषणा,सुकुम्बासीलाई घरेडी किन्न डेढ लाख"

Leave a comment

Your email address will not be published.


*