तोडियो मुडे–मेलुङ सडकको ठेक्का

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ध्रुव आचार्य
चरिकोट, ७ जेठ
सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने मुडे–मेलुङ सडकबमे ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सोमार एक सुचना प्रकाशित गरी निगाले बजारबाट १६ किमी सडकको स्तरोन्नतिको कामको ठेक्का तोडिएको जनाएको हो ।
गृहमन्त्रीले काम नगर्ने ठेकेदारहरुलाई पक्रऊ गरी जेलसम्म हाल्न स्थानीय प्रशासनलाई निर्देशन दिए लगत्तै डिभिजन सडक कार्यालयले काम नगर्ने उक्त सडकका ठेकेदारलाई कारबाही स्वरुप ठेक्का तोडेको हो । २०७१ साल असार ३० गते १० करोड ३१ लाख ४९ हजार ७४९ मा ०७२ असार मसान्तसम्ममा पूरा गर्ने गरी सम्झौता भए तापनि थप भएको २ वर्षसम्म २६ प्रतिशत मात्र प्रगति भएको छ । पटक पटक ताकेता गर्दा पनि समयमा काम नगरेको भन्दै डिभिजन सडक कार्यालयले ठेक्का तोडेको हो । कार्यालयसँग कुनै पनि दाबी भुक्तानी भए प्रमाण सहित उपस्थित हुन निर्माण व्यवसायीलाई सूचना मार्फत आग्रह गरेको छ ।
ठेकेदार कम्पनी द कञ्चन जंघा लामाविल्डर्स जेभी, सुकेधारा, काठमाडौंले कामको जिम्मा लिएको हो । काम सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेपछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो । डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख डिभिजन इन्जिनियर अशोक तिवारीले एक वर्षदेखि पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएकोले ठेक्का तोड्न बाध्य भएको हो ।
पछिल्लो पटक भुकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गर्दा सडक विभाग पछिल्लोपटक २०७४ साल असार ३० सम्म म्याद थप गरेका डिभिजन कार्यालय दोलखाले जनाएको छ । त्यसपछि उसले कुनै पनि काम नै नगरेको सडक कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौता अनुसार ठेकेदारले सडक स्तरोन्नति अन्तर्गत १६ किलोमिटर सडकमा कल्भर्ट, कजवे, सोलिङ तथा ग्राभेल लगायतको काम गर्नु पर्ने हुन्छ । तर हालसम्म ठेकेदारले सामान्य सडक विस्तारका लागि माटो कटिङको काम र वाल लगाउने काम बाहेक अन्य काम नगरेको स्थानीयहरु गुनासो गर्दछन् ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सडकको ठेक्का तोडिएकाले अब गाउँपालिका आफैंले सडक सुधारको काम गर्ने निर्णय गरे । गाउँपालिकाले समेत उक्त सडक चाँडो काम गराउन ताकेता गर्दै आएको थियो । केही दिन अघि दुलाले सडक समेत रद्द गरिएको सूचना समेत प्रकाशित गरेका थिए ।
‘वर्षातको समयमा त डकमा धान रोपे पनि हुन्छ, हिउँदमा पनि सिम सिम पानी आउना साथ मोटर चल्दैन’ शैलुङ ४ का वडा अध्यक्ष ध्रुव श्रेष्ठले भने ‘केही दिन यता पानी पर्न थालेकाले मेडबाट उता बस जानै छाड्यो ।’ यो सडकबाट शैलुङ गाउँपालिकाका १० वटा वटा, मेलुङ गाउँपालिकाका ५ वटा वडा, रामेछापको दोरम्बा गाउँपालिकाका ३ वटा वडाले यही सडक प्रयोग गर्छन् ।
विशेष गरी शैलुङ गाउँपालिकाको लाईफ लाइन यो सडक नबन्नाले शैलुङ गाउँपालिकाले प्रत्यक वडामा पुग्नकालागि खनेको १० वटा सडकहरु पनि अर्थहिन बन्न पुगेको दुलालको भनाई रहेको छ । ‘हामीले गाउँपालिकाको बजेटबाट प्रत्येक वडामा पुग्नका लागि करिब ५० किलोमिटर ७ मिटर चौडा सडक बनाएका छौं तर के गर्नु यो सडक नबने सम्म ती सडक राम्रा बनेर मात्र के गर्नु ? सबै सडक जोडिने त त्यही सडकमा हो ।’ दूलालाले दुखेसो पोखे ।
सडक नवनेकै कारण भुकम्प पूनः निर्माणमा कार्य पनि महंगो बन्न पुगेको उनले बताए । ‘ठूला मालबाहक ट्रक चल्न सक्दैनन् सान फोरह्वील मालवाहक गाडिमा निर्माण सामग्री ल्याउँदा महंगो पर्छ ।’ गिटी बालुवा, सिमेन्ट, फलामा जस्ता निर्माण सामग्री महंगो पर्नाले मानिसहरु ठूलो मारमा परेका छन्, दुलालले भने ।
साथैै शँैलुङ गाउँपालिका उच्च भागहरुको मुख्य उत्पादन आलु हो । आलु ढुवानी पनि सडक नबन्नाले महँगो पर्न गएको आलु उत्पादक किसानहरुले गुनासो गरे । सडक नवन्नाले प्रसिद्ध पर्यटकीय स्थल शैलुङको पर्यटन प्रबर्धनमा पनि समस्या भएको भैंसे बजारका होटल ब्यावसायीहरुले बताए ।

Shares

Be the first to comment on "तोडियो मुडे–मेलुङ सडकको ठेक्का"

Leave a comment

Your email address will not be published.


*