थामी समुदाय जाग्दै

चरिकोट –थामी समुदाय जागेका छन । शनिवार भएको दोलखाको सदरमुकाम चरिकोटमा नेपाल थामी समाज दोलखाको जिल्ला पाँचौ जिल्ला अधिबेसनमा थामी समुदायको देखाएको उपस्थीतिले उनी जागेको देखाएको छ । अधिबेसनमा समुदायको चरिकोटमा बाक्लो भरिभराउ थियो ।
थामी समुदायको मुख्य उभौली पर्वको अबसर पारेर समाजले आफ्नो अधिबेसन भव्य तरिकाले मनाएको छ । चरिकोटमा भएको अधिबेसनमा थामी समुदायको सांस्कुतिक झल्को दिने तथा आफनो पहिचानको संस्कुतीको कार्यक्रममा देखाइएको थियो । कार्यक्रममा समुदायका विभिन्न झाँकी तथा विभिन्न सांस्कृतिक झल्को देखिने कार्यक्रम गरिएको थियो ।
उनीहरुले अधिबेसनमा सरकारसँग विभिन्न माग राखेका छन । जिल्ला स्तरीय भुमेथान निर्माण गर्न बजेट विनियोजन गर्न माग गरेका छन । समुदायको उत्थानको काम गर्न तथा यूवा स्वरोजगार कार्यक्रम ल्याउन समेत सरकारसँग माग समेत गरेका थिए । कार्यक्रममा दोलखाबाट निर्वाचित जन प्रतिनिधीको सहभागिता रहेको थियो । समाजका पुर्व केन्द्रिय अध्यक्ष एवमं कालिन्चोक गाँउपालिका अध्यक्ष विन कुमार थामीले थामी समुदायको उत्थानको लागि विभिन्न जागरणको कार्यक्रम ल्याउने पर्ने बताए । उनले समुदाय आफै आत्मा निर्भर हुनु पर्ने बताए । त्यसैगरी समाजका केन्द्रिय महासचिव लक्ष्मण थामीले समाजको १६ वटा जिल्ला समाज निर्माण गरेको बताए ।
दोलखामा नयाँ कार्यसमिति
अधिबेसनले हरिसकुमार थामीको अध्यक्षतामा दोलखमा नयँ कार्य समिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा होम बहादरु थामी ,महिला उपाध्यक्षमा बविता थामी ,उपाध्यक्षमा बसन्त थामी सचिबमा देविका थामी , सहसचिबमा विकास थामी कोषाक्ष्यमा , हिरामाया थामी सर्वसहमत निर्वाचित भएका छन । त्यसैगरी सदस्यमा मन्जू थामी,सोम बहादुर थामी,विर बहादुर थामी,मदन थामी,कृष्ण मुरारी थामी,राजन थामी,डोल्वा थामी, निर्वाचित भएका छन ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "थामी समुदाय जाग्दै"

Leave a comment

Your email address will not be published.


*