दशैँ तिहारको उपलक्ष्यमा मदन भण्डारी फाउण्डेसन दोलखाको चियापान

२४असोज, चरिकोट
मदन भण्डारी फाउण्डेसन दोलखाले बडा दशैँ र शुभदीपावली २०७५ को औपचारिक स्वागत गरेको छ । आज घटस्थापनाको दिन पारेर चियापान सहित शुभकामना आदानप्रदान कार्यक्रमगर्र्दै दशैँ तिहारलाई स्वागत गरेको हो । नेकपा दोलखाका नेतागोपाल पाण्डेको प्रमुख आतिथ्यता र फाउण्डेसन दोलखाका अध्यक्ष गोपालन्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा मूलभूत रुपमा जननेता मदन भण्डारीले राष्ट्रका लागि गर्नुभएको योगदान, जनताको बहुदलीयजनवाद र यसले नेपाली समाजमापारेको प्रभावका सन्दर्भमाचर्चा गरिएको फाउण्डेसनका सचिव रोहित खड्काले जानकारी दिए ।
कार्यक्रममा नेकपाका नेताहरु जीवसराज खड्का, हीरा थोकर, कमला बस्नेत साथै नेपालीकांग्रेस दोलखाका सचिव सन्तोष रिमाललगायतले शुभकामना मन्तब्य राखेका थिए । चियापान समारोहमाजिल्ला समन्वय अधिकारी तुलसीगौतम लगायत विभिन्नकार्यालय, संघ, संस्थाका प्रतिनिधिहरु सहित एक सय भन्दा बढीको उपस्थिति रहेको फाउडेसनका सदस्य ध्रुब आचार्यले बताए ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "दशैँ तिहारको उपलक्ष्यमा मदन भण्डारी फाउण्डेसन दोलखाको चियापान"

Leave a comment

Your email address will not be published.


*