दोलखाबासीले तामाकोसीको प्रमाण पत्र नपाउने

दीक्षण समाचार
दोलखा, १९ मंसिर
अपर तामाकोसी हाइड्रोपावर कम्पनीमा सेयर परेका दोलखाबासीले सेयर प्रमाण पत्र नपाउने भएका छन् । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रभावित दोलखाबासी सबै शेयरधनी भए । कम्पनीको २०७५ साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखाबासीहरुका लागि सेयर आवेदन संकलन भएको थियो ।
सेयर बाँडफाँड बमोजिम दोलखावासीले न्यूनतम ३० कित्तादेखि अधिकतम १०३ कित्तासम्म शेयर पाएका छन् । प्रति कित्ता एक सय दरको तामाकोशीको शेयर सवैभन्दा कम पाउनेले ३ हजारको र अधिकतम पाउनेले १० हजार २ सय बराबरको शेयर पाएका छन् । उनीहरुले सेयरमा नपरेको पैसा बैंकबाट फिर्ता लिने क्रम जारी रहे तापनि प्रमाण पत्र भने पाएका छैनन् ।
प्रमाण पत्र दिने पुरानो व्यवस्था भएकाले नयाँ व्यवस्थामा कार्यान्वयन गर्न पनि प्रमाण पत्र नदिने भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ जेठ १२ मा जारी भएर नयाँ व्यवस्थामा धितोपत्र खरिद बिक्रीका लागि अनिवार्य रुपमा हितग्राही खाताको व्यवस्था छ । तर तामाकोसीको सेयरमा बढीभन्दा बढी सहभागीता गराउने भन्दै स्थानीयलाई हितग्राही खाता अनिवार्य भएन ।
अपर तामाकोशीको शेयर निश्काशन तथा विक्री प्रवन्धक कम्पनी नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल लिमिटेड गरेको हो । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सेयर आवेदनमा हितग्राही खाता उल्लेख गर्नेको सोझै सेयर सोझै हितग्राही खातामा जम्मा गरिने बताए । जसको हितग्राही खाता छैन, उसको विस्तारै हितग्राही खाता नं. मागेर जम्मा गर्ने गरी छलफल चलिरहेको उनले जानकारी दिए ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले पनि प्रमाण पत्र छाप्दा खर्च र समय मात्र खेर जाने भएकाले प्रमाण पत्र नछाप्ने बताए । “प्रमाण पत्र दिंदा पुनः प्रमाण पत्र बोकेर क्यापिटल र ब्रोकरकोमा पुगेर हितग्राहीमा जम्मा गर्नै पर्छ” उनले भने “स्थानीयको सेयर ३ वर्षसम्म खरिद बिक्री हुँदैन हितग्राही नहुनेहरुसँग हितग्राही खाता मागेर त्यसैमा जम्मा हुने व्यवस्था मिलाउँछौं ।”
दोलखाबासीहरुको तामाकोसीको सेयरमा अत्याधिक सहभागीता भएको थियो । २ लाख ७६ हजार २१५ आवेदकले सेयरमा आवेदन थिएका थिए । त्यसमध्ये एक तिहाइले पनि हितग्राही खाता उल्लेख नगरेको पाइएको छ ।
अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विगू गाउँपालिका वडा नं. १ लामाबगरमा निर्माणाधिन आयोजनाको अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजना प्रभावित दोलखाबासीका लागि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयरमा आवेदन मागि भएको थियो । आयोजनाको १५ प्रतिशत सेयर १ अर्ब ५९ करोड बराबरको सेयरका लागि आवेदन खुलेर पनि बाँडफाँड भइसकेको छ । सर्वसाधारण र सञ्चयकर्ता लगातको सेयरभने एक महिनापछि दोस्रो बजारमा खरिद बिक्री गर्न पाइने छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "दोलखाबासीले तामाकोसीको प्रमाण पत्र नपाउने"

Leave a comment

Your email address will not be published.


*