दोलखामा एस.इ.इ को तयारी पुरा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बिश्वदिप थपलिया
चरिकोट–जिल्ला शिक्षा कार्यलयले दोलखा जिल्लाको यस वर्षको एस.इ.इ को तयारी पुरा भएको जनाएको छ । यस बर्षको एस.इ.इ को परिक्षा चैत्र ८ गतेबाट सुरु हुने भएको छ । यो वर्ष पनि दोलखा जिल्लामा १९ वटा परिक्षा केन्द्र तोकिएको छ । यस वर्ष निरन्तर र आन्तरिक गरी ३ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी हुनेछन । यसवर्ष निरन्तर तर्फ ३ हजार ५ सय ५४ र आन्तरिक तर्फ ८३ जना विद्यार्थी सहभागी हुने भएका छन । प्राविधिक तर्फ २१ जना विद्यार्थी सहभागी हुने भएका छन । यस वर्ष पनि पुरानै परिक्षा केन्द्र र्निधारण गरिएको छ । परिक्षार्थीहरु परिक्षा केन्द्र कहाँ पर्छ भन्ने अन्योल भएकोले अन्योलतालाई हलगर्न जि.शि.काले परिक्षा केन्द्र सार्वजानिक गरेको छ ।
यसवर्ष सबैभन्दा वढी ३ सय ३३ परिक्षार्थीहरु वैत्यरश्वर मा वि मा सहभागी हनेछन । भने सबभन्दा कम भिम.मा.वि दोलखाको परिक्षा केन्द्र परेको छ । यस केन्द्रबाट जम्मा १ सय ३० जना मात्र परिक्षार्थीे एस.इ.इ मा सहभागी हनेछन । यस वर्ष सबै इक्जेमटेडहरुले कालिञ्चोक उच्च मा.वि “ख” चरिकोटमा दिने जिल्ला शिक्षा कार्यलय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा एस.इ.इ को तयारी पुरा"

Leave a comment

Your email address will not be published.


*