दोलखा काँग्रेस संङठन सुदृढिकरण अभियानमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, २४ भदौ
नेपाली काँग्रेस दोलखाले दोस्रो जिल्ला सम्मेलनको अवसरमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई चरिकोटमा ल्याएर २ दिने प्रशिक्षण कार्यक्रम ग¥यो । चुनाव पछि संगठन सुधार गर्ने अभियान गर्न नेताले कार्यकतालाई निर्देशन दिए । प्रशिक्षण दिन दोलखा काँग्रेसले केन्द्रबाट नेता समेत जिल्लामा उतारेको थियो । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले दोलखा जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ता, स्थानीय तहको विभिन्न पदमा निर्वा्चित जनप्रतिनिधिहरु, विभिन्न भातृ तथा भगीनि संगठनका प्रतिनिधिहरु लगायतलाई २ दिने प्रशिक्षण दिइएको हो । शनिवार सुरु भएको पार्टी प्रशिक्षण तथा विपी जयन्ती कार्यक्रम आइतबार सम्पन्न भएको काँग्रेस दोलखाले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका क्रममा हार व्यहोर्नुको पछाडिको कारण, गल्ती र कमजोरीहरुको बारेमा समिक्षा गरी आगामी कार्यनीतिको लागि कार्यसमितिलाई जिम्मेवार बनाइएको काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहहरुले अनपेक्षित र लाद्ने गरी गरेको जनता विरोधी निर्णयहरु, विभिन्न नीति तथा कार्यक्रमहरु, कर लगायतको बारेमा भण्डाफोर कार्यक्रमहरु आयोजना गर्ने नीति तय भएको सचिव सन्तोष रिमालले जानकारी दिए । आगामी मंसिर ७ गतेको महासमिति बैठक पछि संगठन सुदृढिकरण कार्यक्रम लिएर जनताको घरघरमा पुग्ने निर्णय भएको सचिव रिमालले जानकारी दिए ।
प्रशिक्षण सँगसँगै नेपाली काँग्रेस दोलखाले गत वर्ष गरेको विभिन्न निर्णयहरु र कार्यक्रमहरु अनुमोदन गरिएको सचिव रिमालले जानकारी दिए । नेपाली काँग्रेस दोलखाका पार्टी प्रशिक्षण विभागका संयोजक श्यामराजा खड्काको सभापतित्व तथा संघीय सांसद जीपछिरिङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टी प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुले लामै गुनासो राखेको सहभागिहरुले बताएका छन् ।
२०४६ सालपछि दोलखामा काँग्रेसले गरेको ठूलो प्रशिक्षण कार्यक्रम हो । प्रशिक्षणमा दोलखाका वर्तमान तथा पूर्व महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, गाउँस्तर र भातृ संगठनका प्रमुखहरु सहितका सहभागिता थियो । नेपाल विद्यार्थी संघका अध्यक्ष भीम खड्काले अब काँग्रेसमा नयाँ ऊर्जा आएको जानकारी दिए । काँग्रेस दोलखाका कार्यकर्ताहरुले भने यस्तै किसिमको प्रशिक्षण र संगठन विगतदेखि नै भएको भए दोलखामा काँग्रेसको अवस्था कमजोर नहुने बताए ।

Shares

Be the first to comment on "दोलखा काँग्रेस संङठन सुदृढिकरण अभियानमा"

Leave a comment

Your email address will not be published.


*