नेकपा दोलखामा नेतृत्व सर्वसहमत चयन हुन सकेन,कार्यदलले नाम टुङग्याउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– दोलखा नेकपा अध्यक्ष को हुने भन्ने वारे सवैको चासो विषय वनेको छ । अध्यक्ष पद पुर्व एमालेको भागमा परेको नेकपा स्रोत वताएको छ ।
मुख्य पद अध्यक्ष र सचिवमा एकिरण अघिका २ दलले एक एक पद लिने सहमती भएको नेताहरुले वताएका छन । पुर्व एमाले र माओवादी केन्द्रका नेताहरुको पुरानो कार्य समितिमा छलफल गरी नाम सिफारिस गर्न आफ्–आफ्नो पुरानो कमिटीका पदाधिकारी तथा सचिवायको वैठक आयोजना गरेका थिए । सोही अनुसार पुर्व एमाले दोलखाको सर्वसहमती गर्न सचिवालयको वैठक वसेको थियो ।
सहमती भने हुन नसकेको बैठकमा सहभागि नेताले वताएका छन । ६ जनाको नाममा वैठकमा छलफल भएको पुर्व एमाले स्रोत वताएको छ ।
वैठकमा नेता शिव प्रसाद भण्डारी , प्रोण प्रताप के.सी , गोपाल न्यौपाने ,वसन्तराज कार्की , भुवनसिंह थापा, भिम दहाल र होम पाठक नामको वारेमा छलफल भएको थियो । वैठकमा समहति हुन नसकेको नेता प्रोण प्रताप के.सीले वताए । शिर्ष नेतालाई सर्वसहमति जिम्मा दिएको के.सीले जानकारी दिए । त्यसैगरी पुर्व माओवादी केन्द्रको वैठक बसेको थियो । सहमति हुन नसेको वैठकमा सहभागी नेताले बताएका छन । यो समाचार तयार पार्दा वैठकमा नेता गोपाल पाण्डे ,कुल बहादुर बुढाथोकी र पर्सुराम रिमालले दावेदारी प्रस्तुत गरेको वैठकमा सहभागी नेताले वताएका छन । वैठकमा कार्यदलमा नाम सिफासि गर्ने सहमति भएको वैठकमा सहभागी एक नेता दीक्षण वताए । सचिव पद पनि कार्यदलले वैठकले नाम टुङग्याउने सहमति भएको उनले वताए ।
कार्यदलमा दोलखामा पूर्व एमालेबाट पार्वत गुरुङ र ईश्वरचन्द्र पोखरेल तथा पुर्व माओवादी केन्द्रवाट देवी खड्का र गंगा कार्की रहेका छन । कार्यदललाई सर्वसहमत नाम चयन गरेर केन्द्रमा पठाउने अधिकार दिएको छ । पछिल्ला चरणमा भएको छलफलमा जिल्ला पार्टीको अध्यक्ष पूर्व एमालेले र सचिव पूर्व माओवादीले लिने सैद्धान्तिक सहमति भएको थियो । नेकपा दोलखाको अध्यक्ष, सचिव र १ सय ३५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने विषयमा नेताहरु सहमत भएका छन् ।
सयुक्त चियापान
शनिवार पाटी एकताको सन्देश दिनको लागि पुर्व एमाले तथा माओवादी केन्द्रका नेता सयुक्त वैठक बसेको थियो । सयुक्त वैठकपछि जिल्लाका शिर्ष नेताहरुको चियापान भएको थियो ।

Shares

Be the first to comment on "नेकपा दोलखामा नेतृत्व सर्वसहमत चयन हुन सकेन,कार्यदलले नाम टुङग्याउने"

Leave a comment

Your email address will not be published.


*