नेपालले नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज नेपालले खेल्न लागेको हो ।  एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग दिउँसो २ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ ।

ऐतिहासिक खेलमा नेपाल जितको खोजिमा हुनेछ । नेपालले पहिलो खेलमा नै नेदरल्यान्ड्समाथि उसैको भूमिमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ ।  नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । नेपालका कुनै पनि खेलाडीले खेल आफ्नो पक्षमा पार्न सक्ने साहस राखेका छन् ।

यद्यपी नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो ।

नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट खेल मात्र नभएर इतिहास पनि हो । त्यहि इतिहासलाई रंगिन बनाउने लक्ष्यमा छ नेपाली क्रिकेट । नेपाली क्रिकेट टिम इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी सिरिज र अभ्यास खेल खेलेर नेदरल्यान्ड्स पुगिसकेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल ऐतिहासिक मानिएको छ । त्यस्तै नेपालले सिरिजको अन्तिम खेल शुक्रबार खेल्दैछ । एक दिवसीय मान्यता पाएपछि पहिलो पटक खेल्न लागेको नेपाली क्रिकेट टिममा उत्साह उत्तिकै छ ।

Shares

Be the first to comment on "नेपालले नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्दै"

Leave a comment

Your email address will not be published.


*