नेपाल कम्युनिष्ट पार्टी भीनपा ४ जिलूले अगुवा कार्यकर्ता भेला सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

२३ भाद्र, चरिकोट – नेपाल कम्युनिष्ट पार्टी भीनपा ४ जिलूले अगुवाकार्यकर्ता भेला सम्पन्न गरेको छ । नेकपाको संरचनातल्लो तह सम्म नपुगेको अवस्थामा पार्टी गतिविधि र निर्वाचित वडा समितिको भूमिकालाई सशक्तबनाउन भेला राखिएको पूर्व एमाले वडा कमिटि अध्यक्ष झमक बस्नेतले जानकारी दिए । कार्यक्रम पूर्व एमाले र पूर्व एमाओवादीको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।
भेलाले समसामयिक राजनीतिकबिषयमा छलफल, समग्र जिलू विकास योजनाको बिश्लेषण, पार्टी एकीकरण पछिका संगठन विस्तारको अवस्था, दीर्घकालीनविकासको योजना निर्माण, करको अनावश्यक हल्लाको स्पष्टीकरण लगायतका बिषयमा छलफल गरिएको नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यएवं वडा अध्यक्ष हरिवंशचौलागाईले जानकारी दिए । साथै भीमेश्वर नगरपालिकाले अनावश्यक कर नबढाएको र यो हल्लाको पछाडि नलागी वास्तविकता बुझ्न सबैलाई गरे ।
कार्यक्रममा नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यता रानाथचौलागाई, वडाका बुद्धिजीविहरु विश्वमणि चौँलागाई, रामप्रसाद सापकोटा, नवराज सापकोटा, नारायण बूढाथोकी, यज्ञ ब. खत्रीलगायतले मन्तब्य राखेका थिए । पार्टी संगठनकातर्फबाट बलरामश्रेष्ठ, भवनाथचौलागाई, सूर्य चौलागाई, हरिवंशचौलागाई, बिर्खबहादुर बूढाथोकी, गोविन्दराज सापकोटा लगायतले समसामयिकबिषयमा आफ्नो मन्तब्य राखेका थिए ।
भेलाले निर्वाचितजनप्रतिनिधिले गरेको कामको प्रशंशागर्दै अझ बढी जनमुखीकामहरु पारदर्शी ढंगले गर्दै लैजान सुझावदिएको र नेकपाकागतिविधिलाई वडामा सशक्त ढंगले लैजान वृहत योजनानिर्माण गरिएको आयोजकले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपाल कम्युनिष्ट पार्टी भीनपा ४ जिलूले अगुवा कार्यकर्ता भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*