फरार अभियुक्त पक्राउ

चरिकोट–ज्यान मार्ने उद्योगमा दोलखा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको हाल वैतेश्वर गाँउपालिका वडा नम्बर ७ (साविक नाम्दु गाविस ६) का धन बहादुर विश्वकर्मा रहेका छन् । उनलाई विशेष सुचनाका आधारमा गाउँमै पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विकलाई बाँकी कैद भुक्तानका लागि जिल्ला अदालत बुझाई कारागार चलान गरिएको छ ।

 

उनलाई जिल्ला अदालतले ५ वर्षको कैद सजाय फैसला गरेकोमा ३ वर्ष ३ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले कैद तथा जरिवाना तोकिएका अपराधीहरुलाई खोजतलाश तथा पक्राउ गर्ने कार्य अभियानकै रुपमा थालनी गरिएको दोलखाका प्रहरी प्रमुख बासुदेब पाठकले बताउनु भयो । सरकारले यस बर्षलाई फैसला कार्यान्वयन बर्षको रुपमा घोषणा गरेको छ । सोही अनुसार दोलखामा एक साताको अवधिमा ५ जनालाई पक्राउ गरी अदालत बुझाईएको छ ।

 

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "फरार अभियुक्त पक्राउ"

Leave a comment

Your email address will not be published.


*