फौजदारी संहिता संशोधन गर्न माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

भदौ २०, चरिकोट । नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधन गर्न माग गरेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय दोलखामार्फत सरकारलार्ई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष जीवन लामाले संशोधनका लागि १० बुँदासहित पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाए । संहिताको भाग ३ अन्तर्गत वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुरका दफा २९१ देखि दफा ३०२ सम्मका व्यवस्थाले स्वतन्त्र पत्रकारितामै लगाम लगाउन सक्ने खतरा देखिएकाले संशोधन गर्नुपर्ने, दफा ३०५ मा कसैलाई गाली गर्न नहुने र दफा ३०६ मा बेइज्जति गर्न नहुने प्रावधान पनि सञ्चारमाध्यम र सञ्चारकर्मी्िवरुद्ध प्रयोग हुनसक्ने देखिकाले संशोधन गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुरमा नभइ देवानी कसुरमा राख्नुपर्ने माग गरिएको छ ।
अध्यक्ष लामाले मुलुकी फौजदारी संहिता ऐन, २०७४ का विभिन्न दफाका प्रावधानले सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा सञ्चारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएकाले संशोधनसहित ज्ञापन बुझाइएको बताए । ज्ञापनपत्रमा ऐनको दफा ४९ को उपदफा ४ र दफा ७० (१) को व्यवस्थाले प्रेस स्वतन्त्रतामा असर पारेको उल्लेख छ ।

Shares

Be the first to comment on "फौजदारी संहिता संशोधन गर्न माग"

Leave a comment

Your email address will not be published.


*