बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ– युरोपेली अदालत

सेल्स, २४ मङ्सिर (रासस/एपी)– युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ ।

युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने उल्लेख छ ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा युरोपेली युनियनको सदस्यता त्याग्ने पक्षमा झिनो बहुमत प्राप्त भएको थियो । बेलायतले मार्च २०१७ मा लिस्बन सन्धिको धारा ५० बमोजिम २८ मुलुक सदस्य रहेको युरोपेली युनियनबाट बाहिरिने निर्णयसम्बन्धी लिखित सूचना युनियनसमक्ष दिएको थियो ।

स्कटल्यान्डका केही सांसदहरुले बेलायतको बहिर्गमनका विषयमा पुनर्विचार गर्नेगरी युरोपेली न्यायिक अदालतमा अनुरोध गरेका थिए ।
––

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ– युरोपेली अदालत"

Leave a comment

Your email address will not be published.


*