बैतेश्वर गाउँपालिकाले जेठमै विकास सक्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, ५ साउन
बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षदेखि असार मसान्तमा खर्च नगर्ने भएको छ । असारमा मात्र खर्च गर्ने प्रवृत्तिले बजेट दुरुपयोग भएको भन्दै अब जेठ मसान्त भित्रै पुँजीगत खर्च गर्ने गरी कार्ययोजना बनाएको छ ।
बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले असारमा स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउने र बजेट समेत बनाउनु पर्ने बाध्यताले पनि असारमा विकासे काम जेठमै पूरा गर्ने उनले बताए । असारभर योजना र बजेट पूरा गरेर साउनदेखि कार्यान्वयनमा जाने उनले बताए । अब साउनमा पनि बजेटको अख्तियारी आउने वित्तिकै कार्यान्वयन हुन्छ ।
संघीय सरकारले पटक पटक असारमा खर्च नगर्ने भन्दै आधाभन्दा बढी खर्च असारमै गर्दै आएका बेला बैतेश्वर गाउँपालिकाले भने जेठ भित्रै बजेट खर्च गर्ने गरी कार्ययोजनै बनाएको प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुलीले जानककारी दिए । “अन्यत्र के भयो, के हुन्छ थाहा छैन, तर हाम्रोमा असारे विकासको अन्त गर्ने प्रतिबद्धता सहित कार्ययोजना नै बनाएका छौं” उनले भने “हाम्रा जनप्रतिनिधिहरु नै एक वर्षको कामको अनुभवले पनि यो कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउनु भएको हो ।”
गाउँपालिकाको ३ दिन अघि बसेको कार्यपालिका बैठकले कार्ययोजना पारित गरेको हो । बजेट कार्यान्वयन साउनदेखि नै गर्न थालेको छ । ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाको ठेक्का प्रक्रिया साउनबाटै सुरु गर्ने उनले बताए । उपभोक्ता समितिमार्फत गर्ने योजनाको भदौ भित्र उपभोक्ता समिति गठन र अभिमुखीकरण गर्ने कार्ययोजनामा छ । तोकिएको समयमा उपभोक्ता समिति गठन नभए त्यसलाई ठेक्का प्रक्रियामा नै गर्ने उनले बताए ।
आर्थिक वर्षको अर्धबार्षिक समिक्षामा काम नहु नसकेका योजनाको रकामान्तर समेत गरेर अन्यत्र काम गर्ने समेत उल्लेख छ । अब विगतमा जस्तो उपभोक्ता समिति गठन हुन नसके वा काम नभए असारमा हतार हतार काम गरेर बिल पास गर्ने परिपाटीको अन्त गर्न जनप्रतिनिधिहरु प्रतिबद्धताका साथ लागेका छन् ।
स्थानीयस्तरमा हुने कालोबजारी, मनोमानी नियन्त्रणका लागि शक्तिशाली अनुगमण समिति बनाउने समेत कार्ययोजनामा छ । बैतेश्वर गाउँपालिकाले एक प्रेस नोट प्रकाशित गर्दै प्राकृतिक स्रोतका नियमसंगत रुपमा प्रयोग गर्न अन्य स्थानीय तहसँग समेत सहकार्य गर्ने उल्लेख छ ।
आर्थिक वर्ष २०७५।०७६ को लागि स्वीकृत वार्षिक विकास कार्यक्रमको कार्यान्वयनगर्नको लागि ३६ करोड ७८ लाख ८८ हजारको बजेट पास भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४।०७५ मा स्वीकृत वार्षिक विकास कार्यक्रम ९० प्रतिशत भौतिक प्रगति र करिब ८८ प्रतिशत वित्तीय प्रतति गरेको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाले जेठमै विकास सक्ने"

Leave a comment

Your email address will not be published.


*