बोलेरो दुर्घटनामा परी एक जनाको ज्यान गयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, २ साउन । बुधबार विहान बोलेरो दुर्घटनामा घाईते भएका बोलेरो चालकको उपचारका क्रममा मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका ४ मा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा परि बोलेरो चालक भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका ५५ बर्षिय चेत प्रसाद सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घार्ईते भएका सापकोटाको सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता एबं प्रहरी निरिक्षक माधव काफ्लेले जानकारी दिए । घाईते सापकोटाको तत्काल हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने प्रयास गरिएपनि खराव मौसमका कारण उद्धार हुन नसकेपछि मृत्यु भएको हो । भिनपा ४ जिलुबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा १६ च २९५८ नम्बरको बोलेरो विहान ६ बजे भिनपा ४ स्थित जिलुमा ब्रेक फेल भएर सडकबाट करिव १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।बोलेरो दुर्घटना हुँदा सापकोटासँगै बोलेरोमा सवार उनकी श्रीमति सकुशल रहेपनि बोलेरो चलाईरहेका सापकोटा भने गम्भिर घाइते भएका थिए । बोलेरोमा चालक सहित ६ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "बोलेरो दुर्घटनामा परी एक जनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*