भण्डारी नगद पुरस्कार सहित सम्मानित

चरिकोट–दोलखास्थित सेतो गुँरास अनलाईनका प्रधान सम्पादक गोकर्ण भण्डारी नगद पुरस्कार सहित सम्मानित भएका छन् । पत्रकारिता मार्फत बालबालिकाको क्षेत्रमा सहयोग पु¥याएको भन्दै उज्यालो भविष्य दोलखाले साधारणसभाको अवसर पारेर आइतबार पत्रकार भण्डारीलाई नगदसहित सम्मान गरेको हो । पत्रकार भण्डारीलाई दोलखा जिल्ला अदालतका न्यायधिश कमलराज विष्टले नगद ५ हजार र सम्मानपत्र प्रदान गरे । संस्थाले बालबालिकाको क्षेत्रमा सहयोग गरेको भन्दै दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बुढाथोकी, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र व्यवसायी भरत श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आयोजित उज्यालो भविष्य दोलखाको दोस्रो वार्षिक साधारणसभाको न्यायाधीश कमलराज विष्टले उद्धघाटन गरेकाख थिए । संस्थाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, सामुदायिक मेलमीलाप केन्द्र दोलखाका अध्यक्ष स्टालीन श्रेष्ठ लगायतले मन्त्व्य व्यक्त गरेका थिए

यसैबीच, नगदसहित सम्मानित भण्डारीले सो पुरस्कार सहयोग स्वरुप संस्थालाई नै फिर्ता गरेका छन् । पत्रकार भण्डारीले पुरस्कार वापतको नगद ५ हजार गरिव तथा विपन्न बालबालिकालाई सहयोग स्वरुप संस्थालाई नै हस्तान्तरण गरेका हुन् ।

 

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "भण्डारी नगद पुरस्कार सहित सम्मानित"

Leave a comment

Your email address will not be published.


*