भिमेश्वर नगरपालिकाको आन्तरीक आय दोबर उठ्यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–भिमेश्वर नगरपालिकाले गत वर्ष ०७४÷०७५मा अनुमान गरेको भन्दा भन्डै दोबर रकम आन्तरीक आयबाट रकम उठाएको छ । गत आर्थिक बर्ष नगरपालिकाले एक करोड २५ लाख आन्तरिक तर्फ रकम उठ्ने अनुमान गरिएकोमा २ करोड ४६ लाख ४२ हजार ८ सय ५७ रकम उठेको नरपालिकाले आइतवार गरेको सार्वजनिक सुनुवाईमा नरपालिकाका प्रसाशकिय अधिकृत रामकृष्ण उप्रेती जानकारी दिए । गत बर्ष सवै भन्दा वढी रकम नक्सा पासबाट उठेको छ । भुकम्प पिडितको आवास निर्माण कारण धेरै रकम उठेको पनि उप्रेती बताए । नगरपालिकाले ३५ लाख रकम उठ्ने अनुमान गरेको भए पनि झण्डै पाँच दोवर १ करोड ४४ लाख १६ हजार ४ सय ३ रुपैया उठेको छ । त्यसैगरी नाता प्रमाणित दस्तुर रकम बाट १ लाख रकम उठ्ने अनुमान गरिएको सो शिर्षकमा १ लाख २५ हजार २ सय ६५ रुपैया उठेको छ ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकाको आन्तरीक आय दोबर उठ्यो"

Leave a comment

Your email address will not be published.


*