भिमेश्वर नगरपालिकाद्धारा कानुन राजपत्रमा प्रकाशित

फोटो –ईश्वर दहाल

पेमडोमा शेर्पा/बिश्वदिप थपलिया


चरिकोट –भिमेश्वर नगरपालिकाले हालसम्म प्रगतीे बारेमा मंगलबार प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरेको छ । नगरपालिकाका प्रमुख भरत के.सीले मंगलबार नगरपालिकाले सबै वडाबाट सेवा थालनी गरेको बताए । सबै वडामा प्राबिधिकको व्यबस्था गरिएको घर निर्माणमा नक्सा पासलाई सरलीकृत बनाइएको उनले जानाकारी दिए । नगरपालिका भित्र भूकम्प पिडितको घर निर्माण सहज गर्न अनिवार्य रुपमा वडा कार्यलयमा प्राबिधिकको ब्यवस्था गरिएको उनले बताए । नगरपालिकालाई व्यबस्थित गर्न आबस्यक १० वटा बिधेयकको निर्माण भइराखेको र त्यसलाई नगरसभाले पारित गरपछि त्यसको प्रभाबकारी कार्यन्वयन गरिने प्रमुख के.सी. बताए ।
कानुन राजपत्रमा प्रकाशित
भिमेश्वर नगरपालिकाले आफनो अधिकार प्रयोग गदै आफनो कानुन राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिका बिभिन्न बिभागले तयार गरेका कानुन मंगलबार प्रकासित गरेको हो । नेपालको संबिधान २०७२ ले परिकल्पना गरेको सघिंय प्रणालीको भाबना बमोजिम प्रकाशित राजपत्रलाई तीन भागमा बिभाजन गरिएको छ । भाग १ मा ऐन रहेकोे छ । त्यसैगरी भाग २ मा नियमावली, कार्यबिधी निर्देशिका तथा मापदण्ड रहेको छ भने भाग ३ मा आदेश तथा सुचनाको व्यबस्था गरिएको छ । भिमेश्वर नगरपालिकाले हाल १० वटा बिधेयक नगरसभामा प्रस्तुत गर्ने जनाएको छ । प्रस्तुत बिधेयक नगरसभाको बहुमत सदस्य पारित गरेपछि मात्र त्यसले कानुनको रुप लिने छ ।

कृषि र पशुपालनलाई प्राथमिकता दिँदै भीमेश्वर नगरपालिका

कृषि र पशुपालन पेशालाई व्यवसायिक बनाउन भीमेश्वर नगरपालिकाले अनुदान दिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । नगरपालिकाले गाई, भैँसी, कुखुरा, मौरीपालन तथा अलैँची र किवी खेती गर्ने कृषकहरुलाई अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ । विज्ञप्तिमा उच्च जातका दुईवटा गाई वा भैँसी पालन गर्ने लाई गोठ सुधारका लागि गाईभैँसी खरिदको १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ । त्यसैगरी कम्तीमा १५ वटा उन्नत जातको बाख्रा खरिद गरी व्यवसाय सुरु गर्नेलाई खोर निर्माण तथा सुधारका लागि ३० हजार रुपैयाँ अनुदान दिने पनि उल्लेख छ । कम्तीमा १५ वटा स्थानीय जातका माउ कुखुरा खरिद गरी १५० वटासम्म स्थानीय जातका कुखुरा पालन गर्न खोर तथा घेराबार निर्माणका लागि २५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको जनाइएको छ । २ देखि ५ वटा सम्म मौरीघार खरिद गरी मौरीपालन व्यवसाय गर्नेलाई प्रतिघार ४ हजार अनुदान दिने उल्लेख छ । त्यस्तै अलैँची खेतीको ड्रायर मेशिन खरिद तथा मर्मतका लागि प्रतिसमूह ५० हजार उपलव्ध गराइने र भीमेश्वर नगरपालिका वडा नं ७ र ८ मा किवी खेतीलाई प्रोत्साहन गर्न ५ बोट किवी विरुवा खरिद गर्नेलाई थप ५ बोट विरुवा अनुदान दिइने जनाइएको छ ।
भूकम्प पीडितलाई घर पुनःनिर्माणमा सजिलो होस भनेर नक्सापास प्रक्रियालाई सरल बनाएको विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि वडा कार्यालयमै निवेदन संकलन, वडा कार्यालयबाटै सर्ज्मिन र त्यसपछि नगरपालिकाबाट नक्सापास गर्ने व्यवस्था मिलाइएको छ ।
नगरपालिकाले १५५ वटा योजनाहरु उपभोक्ता समितिमार्फत गराउने गरी काम सुरु गरेको छ । तीमध्ये ४४ वटा योजनाहरु सम्झौता भै काम सुरु भएको, ३२ वटा योजनाहरु सम्झौताको चरणमा रहेको र ७९ योजनाहरुलाई सम्झौताको लागि माघ मसान्तसम्मको म्याद दिइएको विज्ञप्तिमा उल्लेख छ ।
नगरको मुख्य बजार क्षेत्र चरिकोट बजार र आसपासको क्षेत्रमा सरसफाइ तथा बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले चासो देखाएको छ । त्यसका लागि वजार व्यवस्थापन विरुद्ध हुने कार्यमा नगरपालिकाले प्रतिबन्ध समेत लगाएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "भिमेश्वर नगरपालिकाद्धारा कानुन राजपत्रमा प्रकाशित"

Leave a comment

Your email address will not be published.


*