भीमेश्वर नगरपालिकाले भोलीबाट फुटपाथ हटाउने मेयर के.सी भनाई

चरिकोट–क्षेत्रीय होटल संघ दोलखाको अधिवेशनमा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले अब चरिकोटको व्यवसाय होटल नै भएको बताएका छन । राज्य पुनः संरचनापछि सदरमुकामको सौदर्यता कायम राख्न पर्यटन प्रबद्र्धन नै भएको बताए ।
जिल्ला छिर्ने पर्यटकहरुका लागि पहिलो सम्पर्क नै होटल भएकाले आफ्नो संस्कार राम्रो बनाउन आग्रह गरे । काठमाडौंबाट चरिकोट आउने खाडीचौर–चरिकोट सडक अहिले खराब भए तापनि हिउँदसम्म राम्रो हुने बताए । मेयर केसीले हरेक व्यवसाय गर्ने हुनेले अब सामाजिक उत्तरदायित्व पनि नविर्सन आग्रह गरे ।
भीमेश्वर नगरपालिकाले चरिकोट बजारमा नक्सापास बिना बनेका संरचना हटाउन लागेको जानकारी गराउँदै फुटपाथ बनाउने बताए । बिना स्वीकृत राखिएका होडिङ बोर्डहरु तत्कालै हटाउने बताए । विज्ञापन गर्नका लागि सशुल्क छुट्टै ठाउँको व्यवस्था गर्ने जानकारी दिए । चरिकोटमा रहेका बैंकहरुले आफ्नो शाखाको आम्दानीको १ प्रतिशत आफ्नो कार्यक्षेत्रमा सामाजिक विकासका लागि काम गर्न समेत आग्रह गरे ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख (डिएसपी) बासुदेव पाठकले दोलखाका होटल खुल्ने समय बढाउने बताए । आफू आउँने वित्तिकै १० बजेसम्म खुल्ने व्यवस्था गरेका होटल यसको प्रतिक्रियाका आधारमा समय बढाउन पनि सकिने बताए । उनले होटलका सेवा बढाउन र राम्रो संस्कार विकास गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामा, दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बस्नेत, क्षेत्रीय होटल संघ दोलखाका निवर्तमान अध्यक्ष सुन्दर कार्कीले दोलखालाई उत्कृष्ट गन्तव्य बनाउने स्थानीय सरकारहरुको ध्यानाकार्षण गरे ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "भीमेश्वर नगरपालिकाले भोलीबाट फुटपाथ हटाउने मेयर के.सी भनाई"

Leave a comment

Your email address will not be published.


*