भीमेश्वर नगरपालिकाले सुरु गर्यो निशुल्क स्वास्थ शिविर

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वस्थ्य शिविर सुरु भएको छ । नगरको नौँ वटै वडामा सञ्चालन हुने कार्यक्रमको सुरुवात वडा नम्बर ७ कुटीडाँडाँ मानेटनर स्थित स्वास्थ चौकीबाट गरिएको हो।
सोमबार जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले प्राथमिक स्वस्थ्य केन्द्र चरिकोटका प्रमुख डा. क्षमता घिमिरेलाई विपि सेट हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका बोल्दै पाण्डेले नगरपालिकाले सबै जेष्ठ जनको सम्मान गरेको बताए । “जेष्ठ नागरिक अलिखित इतिहास भएको बताउदै उनले सम्मान र संरक्षणमा अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यसैगरी भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले देशलाई वर्तमानमा ल्याइ र्पुयाउन जेष्ठ नागरिकले हिजोको दिनमा गरेको योगदानलाई भुल्न नहुने बताए । जेष्ठ जनहरुको उक्त अमुल्य समयलाई सम्मान स्वरुप स्वस्थ्य शिविर कार्यक्रम राखिएको प्रष्ट पारे । सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा खाता खोल्न अनुरोध गर्दै मेयर केसीले प्रत्येक वडामै बैंक प्रतिनिधि खटाई भत्ता वितरण गर्ने वातावरण बनाउने प्रतिबद्धता जाहेर गरे । भीमेश्वर नगरपालिका स्वास्थ शाखाको आयोजनामा भएको निशुल्क स्वास्थ शिविरमा एलेपेथिक सेवा, आयुर्वेद सेवा, आँखा उपचार, दात उपचार र औषधी बितरण हुने आयोजकले जनाएको छ।
शिविरमा जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्रका निमित्त प्रमुख बिमल कुमार श्रेष्ठ, आखाकोलागि लागि नेत्र सहायक विप्लव खड्का, दातको लागि डेन्टल सर्जर प्रतिमा खड्का र एलेपेथिक सेवाका लागि डाक्टर क्षमता घिमिरे लगाएतका टोली रहेका छन ।
त्यसैगरि कार्यक्रमका लागि प्राथमिक स्वस्थ्य केन्द्र दोलखा, प्रस्तावित चरिकोट अस्पताल न्याय हेल्थ नेपाल, दोलखा लायन्स आँखा केन्द्र , जिल्ला आयुर्वेद केन्द्र , जिल्ला स्वास्थ्य कार्यलय दोलखाले औषधी सहयोग गरेको छ।
पुस २० गते सम्म चल्ने कार्यक्रम ११ गते लाकुुरीडाँडा स्वास्थ चौकी लाकुरीडाँडा, १२ गते बोच स्वास्थ चौकी कृषि, १३ गते माटी स्वास्थ चौकी माटी, १६ गते जिलु शहरी स्वस्थ्य केन्द्र टहले, १७ गते दोलखा स्वास्थ चौकी दोलखा, १८ गते सुस्पा क्षमावती स्वास्थ चौकी क्षमावती, १९ गते वडा नम्बर ६ को वडा कार्यलय घ्यावपानी र २० गते कालिञ्चोक मावि चरिकोटमा स्वास्थ शिविर कार्यक्रम रहेको भीमेश्वर नगरपालिका स्वास्थ शाखा प्रमुख श्याम खड्काले बताए ।
त्यसैगरी आजको शिविरमा महिला ६४ र पुरुष ५९ गरि जम्मा १२३ जना जेष्ठ नागरिकले उपचार गरेको छन्।  जस्मा ९४ आयुर्वेद, ७४ एलेपेथिक, ७४ आँखा र १० जना दातका बिरामीहरुले उपचार गरेका छन्।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "भीमेश्वर नगरपालिकाले सुरु गर्यो निशुल्क स्वास्थ शिविर"

Leave a comment

Your email address will not be published.


*