काठमाडौँ, १६ पुस : राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ । सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको उहाँको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उहाँले बताउनुभयो । सरकारको कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गर्नुभएको छ । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आउनुभएको छ । यसैबीच, नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । —
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने
Posted By: दीक्षण दैनिक १६ पुष २०८०, सोमबार १९:५९
८ कार्तिक २०८१, बिहीबार १३:५९
Epaper 2081/07/08
८ कार्तिक २०८१, बिहीबार १६:०२
हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर
८ कार्तिक २०८१, बिहीबार १३:१७
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
८ कार्तिक २०८१, बिहीबार १२:१५
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
८ कार्तिक २०८१, बिहीबार १२:१६
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
८ कार्तिक २०८१, बिहीबार १२:२३
५० प्रतिशत अनुदान उपलब्ध गराइने
८ कार्तिक २०८१, बिहीबार १३:२०
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
८ कार्तिक २०८१, बिहीबार ११:२५
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
८ कार्तिक २०८१, बिहीबार १२:२८
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
८ कार्तिक २०८१, बिहीबार १३:२६
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
८ कार्तिक २०८१, बिहीबार ०७:४४
Dikshan Tv
८ कार्तिक २०८१, बिहीबार १२:५९
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
८ कार्तिक २०८१, बिहीबार ०७:४७
Be the first to comment on "मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने"