मिलीजुलीले बनायो, कोटीहोममा शौचालय

चरिकोट, १ फागुन
मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले शौचलय बनाइदिएको छ । संस्थाले आफ्नो स्थापनाको २५ औ दिवस (रजत जयन्ती) को अवसर पारी काटठीहोम मन्दिरलाई शौचलय बनाइ दिएको हो ।
संस्थाले आफुले गर्ने सामाजिक कार्यलाई निरन्तर दिने उदेश्यले शौचलय निर्माण गरेको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ बताए । मिलिजुलीले गत भदौदेखि शौचालय निर्माण सुरु गरेको थियो ।
शौचालय निर्माणको लागि २ लाख ६० हजार खर्च भएको छ । शौचलयको निर्माण गर मंगलबार गरेको छ । शिवरात्त्रीको अवसर पारेर संस्थाले शौचलय हस्तान्तरण गरेको हो । संस्थाले कोटीहोम मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद घिमिरेलाई चाबी दिई हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष श्रेष्ठले शौचलयको राम्रो संरक्षण, सदुपयोग गर्न र ब्यवस्थित तरिकाले प्रयोग गर्न मन्दिर ब्यवस्थापनका अभ्यक्ष घिमिरेलाई सल्लाह दिए ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "मिलीजुलीले बनायो, कोटीहोममा शौचालय"

Leave a comment

Your email address will not be published.


*