मेट्रो रेलको डिपिआर लागि कम्पनी छानिदैँ

साउन ८, २०७५

काठमाडौं– लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मूल्यांकन गरीरहेको बताए ।

‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ’, उनले भने ।

\

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "मेट्रो रेलको डिपिआर लागि कम्पनी छानिदैँ"

Leave a comment

Your email address will not be published.


*