म निकै खुशी छु, म अहिले वाम गठबन्धनको साझा उम्मेदवार बनेको छु

माओबादी केन्द्रका युबा नेता बिशाल खडका बाम गठबन्धनबाट दोलखाको प्रदेश सभा क बाट प्रदेशसभाका उम्मेदार हुन ।

ताजा समाचारको लागि फलो गर्नुहोस ।

विशाल खड्का
१) तपाईको चुनावीअभियान कसरी अघि बढ्दै छ ?
चुनावीअभियान राम्रो छ । यो अभियानमा हिड्दा मलाई विजय उत्सव मनाई रहेको जस्तै भैरहेको छ । दोलखामा वाम गठबन्धनको साझा उमेदवार बनेर हिडिरहँदा सबै जनताले हृदयदेखि नै खुशी साटि रहनुभएको छ । हामीले काठमाण्डौ देखि नै अभियान थाल्यौँ र जिल्लाभर पुग्दाहामीनिकै उत्साहित र हर्षित छौँ ।
२) तपाईआजको दिन सम्मआईपुग्दा कस्तो राजनीतिक यात्रा पार गरेर आउनु भएको हो ?
आज देशमा वाम एकताको अभियान चलेको छ, यो कुराले म निकै खुशी छु, म अहिले उम्मेदवार बनेको छु र त्यो पनि साझा गठबन्धनबाट । मेरो विगत निकै कहालीलाग्दो छ ।पञ्चायतकालमा म चार महिनाको हँुदा मेरी आमा जेलमा हुनुहुन्थ्यो मैले आमाको दूधखान नपाई हुर्केको कुरा, पछि सुनेको । मेरो जेठो दाईलाई बर्षौँ जेलमा राखेर जेलमै मारियो । म ५२ सालको जनयुद्धमा लागेपछि १७ पटक गिरफ्तारी मा परेँ र निकै यातना सहनु प¥यो । आजदिन फेरिएको छ, सबै कम्युनिष्टहरु मिलेर कम्युनिष्ट केन्द्र बन्दै छ । यो अभियानमा म उम्मेदवार बनेर एउटा इट्टा थप्नपाएको छु । मलाई गर्व लागेको छ ।
३) यो चुनावमा हिड्दा एमाले सँगको हिजोकातीता घटनाहरु कत्तिको याद आउँछ, अप्ठ्यारो लाग्दैन?
हामीनिकै खुशी छौँ । दुवै पार्टीमिलेर हिडेका छाँै । हिजोका कुरा भुलेका छौँ । हाम्रो गन्तब्य एउटै थियो बाटा फरक थिए तर आजहामीमिलेर एउटै बाटोमा छौँ । निर्वाचनमा हिड्दा दीपावलीमनाएजस्तै भैरहेको छ । दुवै पार्टीभोलि एक हुने हो र आज सँगै हिड्दा सजिलो भैरहेको छ ।
४) दोलखालीजनताको उत्साह कस्तो छ, यो अभियानमा?
भूकम्पले भत्काएकामनहरु वामएकताको सन्देशले निकै उत्साहित छन् । जनताले मनैदेखि मायादिनुभएको छ । ७० बर्षदेखिको बालीभित्र्याउने बेलाभयो भनेर उहाँहरु सबैकुरा छोडेर चुनावमालाग्नुभएको छ । बुढाबुढी बाआमाहरुले मलाई हलीको छोरो गरिब, दुखीभनेर सय, पचास रुपैँयापाती समेत लगाईदिनुभएको छ, यस्ता कारणले गर्दा म जनताप्रतिनिकै आभारी भएको छु र जनताप्रतिअझै बढी प्रतिबद्ध हुने प्रण गरेको छु ।
५) तपाईगरिबकै छोरो हो भनेपनितपाईसँग, निकै धेरै पैसा छ भन्छन नि मान्छेहरु ?
आरोपलाउनेहरुले जे पनि लाउँछन् । मलाई कसैले निकै पैसा छ भन्छन, कसैले हतियार छ भन्छन, कसैले यो अधिक शक्तिवाला छ भन्ने गर्छन तर म सामान्य कृषक परिवारको मान्छे हूँ । अब म सबैको सेवागर्न चाहन्छु । मलाई सेवकको रुपमा स्थापित गरिदिन सबैलाई अपिल गर्दछु ।
६) जनताले यो चुनावमाभोटहाल्न पाउँछन् ?दलहरुले बल प्रयोग गरेर जनताको भोट आफैँ हाल्ननदिने इतिहास छ नि दोलखामा?
यो चुुनाव शान्तिपूर्ण हुन्छ । जनता हामीसँग हुनुहुन्छ, जनताले हामीलाई भोट दिने हो । दोेलखामाहामी स्वतन्त्र निर्वाचन गर्न प्रतिबद्ध छौँ । नेपाली कांग्रेसले पनि त्यो गर्नुपर्छ । यदि कांग्रेसले अनावश्यक बल प्रयोग गर्न खोज्यो भने त्यसको नराम्रो फल ब्यहोर्नु पर्छ । सबै दोलखाली जनताले यो निर्वाचनमाआफैँ भोट हाल्नुहुन्छ यसमाम ढुक्क छु ।
७) तपाईको उम्मेदवारी किनहो ?तपाईबाट आशा राख्नुपर्छ जनताले ?
दोलखाका थुप्रै प्राकृतिक स्रोतको उपयोग गर्ने अवसर हामीसँग छ । अब देश निर्माण गर्ने आएको छ । विदेशीएका युवालाई भित्र्याउनु पर्ने छ । इतिहासले हामीलाई कामगर्ने बेलामा अघि सारेको छ । बाम गठबन्धनले तयार पारेको घोषणा मुताविक हामीले देश बनाउने हो । विकासको मार्गचित्रतयार भैसकेको छ । एमालेको अनुभवी परिवार र माओवादीको युद्ध लडेर आएको परिवार मिलेर यो देश निर्माण गर्ने महत्वपूर्ण घडीमा मेरो उम्मेदवारीले हामीले प्रतिबद्धता पत्रमा उल्लेख गरेका बिषयवस्तुहरु इमान्दारपूर्वक पालनागर्न म प्रतिबद्ध छु र रहनेछु ।
प्रस्तुतीः शरद सापकोटा

Shares

Be the first to comment on "म निकै खुशी छु, म अहिले वाम गठबन्धनको साझा उम्मेदवार बनेको छु"

Leave a comment

Your email address will not be published.


*