रहेनन् डा. उपेन्द्र देवकोटा, मंगलबार दिउँसो अन्त्यष्टि

afF;af/Ll:yt Go"/f] c:ktfndf pkrf//t jl/i7 Go"/f] ;h{g k|f8f pk]G› b]jsf]6fnfO{ zlgaf/ pxfFsf] hGd 3/ uf]/vf n}hfg x]lnsf]K6/df /fVg] tofl/ ul/+b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनको उपचारकै क्रममा निधन भएको हो । पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा करिब ६ महिना पहिले बेलायतबाट उपचार गरि स्वदेश फिर्ता भएका थिए ।

सोमबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

“यस अस्पतालका संस्थापक प्रा. डा. देवकोटाको स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम यस अस्पतालले आखिरसम्म उहाँको सेवा गर्न पाएकोमा गर्वानुभूति गर्दै  उहाँको उपचारमा संलग्न सम्पूर्ण चिकित्सक समुदाय तथा स्वास्थ्यकर्मीहरुमा कृतज्ञता जनाउँदछौं,” न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०१० सालमा गोरखाको पण्डित गाउँमा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अस्पताल प्रांगणमै राखिने भएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने विज्ञप्तिमा जनाइएको छ । उनको काजक्रिया ७ दिनमा सम्पन्न गरिने अस्पताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपालको न्यूरो सर्जरी क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्ति हुन् डा. उप्रेन्द्र देवकोटा । गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका डा. देवकाटाले विद्यालय तह होस् या कलेज तथा चिकित्साशास्त्रको पढाइ, सधैं अब्बल विद्यार्थी सावित भएर देखाए । उनले १ कक्षादेखि १० कक्षा अर्थात् एसएलसीसम्मको शिक्षा अमर ज्योति माविबाट गरेका थिए । उनले आईएससी काठमाडौंको अमृत साइन्स कलेजबाट गरे । देवकोटाले आईएसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका थिए । त्यसैगरी देवकोटाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । एमबिबिएसपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसमा पढाएका थिए ।

त्यसपछि मेडिकल अफिसरका रुपमा वीर अस्पतालको सर्जरी विभागमा प्रवेश गरेका उनी चर्चित सर्जन डा. दिनेशनाथ गंगोलसँगको निकटताले शल्यचिकित्सातर्फ आकर्षित भएका थिए । डा. देवकोटालाई वीर अस्पतालमा काम गर्दैगर्दा न्युरो सर्जरी पढ्न बेलायतमा जान डा. गंगोलले पठाएको उनले एक प्रसंगमा बताएका थिए ।

२५ वर्षे सरकारी सेवामा देवकोटाले उपचार सेवासँगै थुपै्र न्युरो सर्जनसमेत जन्माएको चिकित्सकहरु बताउँछन् । वीर अस्पतालमा डा. देवकोटाकै  नेतृत्वमा सन् १९८९ मा न्युरो सर्जरी विभाग स्थापना भएको थियो । उनी स्वास्थ्यमन्त्री भएका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) स्थापना भएको थियो । उनी ७ महिना स्वास्थ्यमन्त्री भएका थिए ।

स्वास्थ्यमन्त्रीबाट हटेको केही समयपछि डा. देवकोटाले बाँसबारीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना गरेका थिए ।

डा. देवकोटाले सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको बताइन्छ । पछिल्लो समय चिकित्सा शिक्षा क्षेत्रमा भएको अनियमिततासम्बन्धी जाँचबुझका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सदस्य भएर डा.देवकोटाले काम गरेका थिए । आयोगले चिकित्सा शिक्षामा सम्बन्धन, सिट निर्धारणलगायत प्रक्रियामा दोषी ४३ जनामाथि कारबाहीसहित अन्य विभिन्न सुधारको सुझाव सरकारलाई दिएको थियो ।

डा. देवकोटालाई गत कात्तिकमा स्वास्थ्य समस्या देखिएको थियो । सुरुमा उनकोे ग्यास्ट्राइटिसको उपचार गरिएको थियो । त्यसको केही दिनपछि एमआरआई र सिटीस्क्यान गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको थियो । उनी २०७४ मंसिर ५ गते थप उपचारका लागि बेलायत गएका थिए । बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायोप्सी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तथैली) मा क्यान्सर प्रमाणित भएको थियो ।

त्यहाँ माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो । उनी गत वैशाख २५ गते विदेशमा बस्नुभन्दा  आफ्नै जन्मभूमिमा बाँकी जीवन बिताउने अठोट गरी उहाँलाई नेपाल ल्याइएको थियो । ४ चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन । पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले ‘एक्सपेरिमेन्टल ट्रिटमेन्ट’ गरिएको थियो ।
उनलाई गत जेठ १६ गते डा. बलराम जोशी राष्ट्रिय ज्ञानविज्ञान पुरस्कार प्रदान गरिएको थियो । डा. देवकोटाको जन्म भने १९५४ मा गोरखामा भएको थियो । उनका तीन छोरी र श्रीमती छन् ।

Shares

Be the first to comment on "रहेनन् डा. उपेन्द्र देवकोटा, मंगलबार दिउँसो अन्त्यष्टि"

Leave a comment

Your email address will not be published.


*