प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजदेखि नियमित काममा

काठमाडौं । अचानक रुघा लागेर, छातीमा संक्रमण देखिएर अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार स्वास्थ्यमा सुधार आएको छ ।
“चिकित्सकले भीडभाडमा नजानू भनेकाले हिजो चियापान समारोहमा नजानुभएको हो । हिजो बेलुका खाना खानुभयो । आज मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ,” अर्यालले भने ।

कूटनीतिक नियोका प्रमुख, उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट पाहुना उपस्थित नेकपाकै चियापान समारोहमा प्रधानमन्त्री ओली भने अनुपस्थित थिए । अचानक रुघा, खोकी लागेर छातीमा संक्रमण देखिएपछि चिकित्सकले कुनै कार्यक्रममा सहभागी नहुन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 
 

 

“शुक्रबार बिहानबाट उहाँमा एक्कासी छातीको समस्या देखियो,” प्रधानमन्त्रीको सचिवालयले  भन्यो । शनिबारको कार्यक्रममा निकै भीडभाड हुने संक्रमण हुने भयले चिकित्सकले नजान सुझाएको उनको भनाइ थियो ।  प्रेस सल्लाहकार अर्यालका अनुसार आजबाट प्रधानमन्त्री नियमित काममा फर्कने छन् ।

दशकअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बेलाबखत समस्या देखिने गरेको छ । प्रधानमन्त्री निर्वाचित हुनुअघि अध्यक्ष ओली ‘फलोअप’का लागि बैंकक गएका थिए ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजदेखि नियमित काममा"

Leave a comment

Your email address will not be published.


*