लादुकमा बोलेरो दुर्घटना: नौँ जना घाईते

चरिकोट । दोलखाको बिगु गाउँपालिकामा नीजि नम्बर प्लेटको बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन । सिंगटीबाट लादुक तर्फ जाँदै गरेको बोलेरो आज दिउँसो विगु गाँउपालिका वडा नम्बर ४ लादुकको कच्ची सडकमा दुर्घटना भएको हो। दुर्घटनामा दोलखा विगु गाँउपालिका वडा नम्बर ३ बुलुङका १७ बर्षिय गिता श्रेष्ठ, ४६ बर्षिय मिनबहादुर तमाङ, ३० बर्षिय सुभद्रा श्रेष्ठ, २ बर्षिय बालक अरुण श्रेष्ठ, २२ बर्षिय गोमा श्रेष्ठ, २० महिनाको बालक रिदम श्रेष्ठ, ३८ बर्षिय पुष्कर खत्री, ३६ बर्षिय अमृत श्रेष्ठ र चालक २६ बर्षिय सविन श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ। घाईते मध्य १७ बर्षिय गिता श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको र अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ। यात्रु लिएर लादुक जाँदै गरेको ना ११ च ७९३४ नम्बरको उक्त बोलेर घुम्तीमा अचानक अनियन्त्रीत भै सडकबाट २० मीटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाई छ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "लादुकमा बोलेरो दुर्घटना: नौँ जना घाईते"

Leave a comment

Your email address will not be published.


*