लामोसाँघु–चरिकोट सडकको दुरावस्था विरुद्ध व्यवसायीहरु आन्दोलित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, २५ असार
लामोसाँघु चरिकोट सडक लामो समयदेखि अलपत्र परेपछि दोलखाका उद्योमी व्यवसायी आन्दोलित भएका छन् । सडक विस्तारको काम अलपत्र हुँदा दोलखाको होटल तथा पर्यटन व्यवसाय ठप्प भएपछि व्यवासायीहरु आन्दोलित भएका हुन् ।
सडकको दुरावस्थाका कारण आवात जावत र निर्माण सामाग्री ढुवानीमा समस्या भएपछि दोलखाको व्यापार, होटल तथा पर्यटन र व्यापार व्यवसाय चौपट भएको छ । पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको अत्याधिक चाप हुने गरेकोमा पछिल्लो समय सडककै कारण पर्यटन व्यवासाय ठप्प प्राय छ ।
पर्यटकको चापका कारण खचाखच हुने चरिकोटका होटल तथा लजहरु समेत खाली भएका छन् भने बजार तथा पर्यटकीय क्षेत्रहरु सुनसान हुन थालेका छन् । सडक विस्तारका क्रममा भएको लापरवाहीका कारण ठप्प हँदै गएको चरिकोटको व्यापार व्यवसाय वर्षा याम सुरु भएपछि चौपट बनेको हो । सडकको अवःथाका कारण आफ्नो व्यापार व्यवसाय चौपट भएपछि व्यवसायीहरु सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन स्वरुप दोलखा उद्योग वाणिज्य संघले सोमबार लामोसाँघु–जिरी सडकमा आवतजावत सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । दोउवा संघका अध्यक्ष सुन्दर कार्कीको नेतृत्वमा गएको उद्योग वाणिज्य सँघको टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।
दोलखा जिल्लाको प्रमुख प्रवेशमार्ग लामोसाँघु जिरी सडकखण्ड विस्तार कार्यमा भएको चरम लापरबाहीका कारण जिल्लाबासी सास्ती भोग्दै आउनु परेको छ । आवात जावतको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईएको अध्यक्ष कार्कीले बताए । सडककै कारण पर्यटन क्षेत्र समेत प्रभावित हुँदा सिंगो जिल्लाको आर्थिक गतिविधि ठप्प भएको उनको भनाई छ ।
सडकको दुरावस्थाका कारण मालसामान ढुवानीमा समस पर्नुका साथै मालवाहक सवारीका साधन घण्टौँसम्म बाटोमै रोकिने र आईपुग्न ३ दिनसम्म लाग्ने गरेको छ । ढुवानी अवधी लम्विएपछि दैनिक उपभोग्य सामाग्रीको मुल्य समेत बढेको छ । बर्खायाम सुरु भएसँगै सडकभरी हिलो र खाल्डाखुल्डीले यात्रा कष्टकर बन्नुका साथै डेढ घण्टाको दुरी पार गर्न ५ घण्टा लाग्ने अवस्था आएको छ ।
ज्ञापनपत्र मार्फत लामोसाँघु जिरी सडक खण्डमा एम्वुलेन्स तथा साना सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नहुँदा विरामी तथा सर्वसाधारण बढी मर्कामा परेको भन्दै सडक विस्तारको काम समयमै सम्पन्न गर्ने वातावरण बनाउन प्रजिअ मार्फत सरकार र सम्बन्धित निकायको ध्यनाकर्षण गराईएको हो ।
लामोसाँघु जिरी सडक खण्डमा आवात जावत सहज बनाउन माग गरेको उद्योग वाणिज्य सँघले १० दिनभित्र माग पुरा नभए नेपाल सरकार, सडक विभाग, सडक विःतारको जिम्मा पाएको निर्माण कम्पनी र परामर्शदाता कम्पनीविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । साथै सँघले चरम लापरवाही गरी समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसलाई नियमन गर्न नसक्ने सरकारी निकायको कार्यशैलीप्रति भत्र्सना गरेको छ ।
संघले खाडीचौर–चरिकोट सडकमा वर्षा याममा सहज आवात जावत गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने, सडकलाई खाल्डाखुल्डी र हिलो मुक्त बनाउनुपर्ने, पहिरो जानसक्ने सम्भावित क्षेत्रहरुमा २४ सै घण्टा डोजरको व्यवस्था गर्नुपर्ने, सडक निर्माणको काम सम्पन्न हुने मिति र समय तत्काल ग्यारेन्टी गर्नुपर्ने तथा चरिकोट–दोलखा र दोलखा–सिंगटी सडक विस्तारको काममा भएको लापरवाही छानविन गरी समयमै निर्माण सम्पन्न गर्ने वातावरण तयार गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

Shares

Be the first to comment on "लामोसाँघु–चरिकोट सडकको दुरावस्था विरुद्ध व्यवसायीहरु आन्दोलित"

Leave a comment

Your email address will not be published.


*