विगुमा आगलागीमा परी एक बृद्धको मृत्यु

चरिकोट –विगु गाउँपालिकामा आगलागीमा परी एक बृद्धको ज्यान गएको छ ।् विगु गाउँपालिका वडा नम्बर ८ थामीचागुमा टेन्टमा आगलागी हुँदा ७५ वर्षिय बृद्ध बले भनिने बलबहादुर थामीको ज्यान गएको हो । दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक माधव प्रसाद कापm्लेले अनुसार हिजो अत्याधिक चिसो भएपछि टेन्टमा आगो तापेर बसेका थामीको गएराति ९ बजे आगलागीमा परी मृत्यु भएको हो । आगो ताप्दै गरेका थामी निदाएको र सोलारको व्याट्रिपनि छेउमै रहेका कारण व्याट्रि पड्कीएर थामीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "विगुमा आगलागीमा परी एक बृद्धको मृत्यु"

Leave a comment

Your email address will not be published.


*