विराटनगर बन्यो च्याम्पियन ,१ रनको रोमाञ्चक जित

काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर, १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । पारसले अनिल साहलाई बल थमाए । उनको पहिलो बलमा कृष्ण कार्कीले चौका हाने । ५ बलमा ५ रन चाहियो । तर, दोस्रो बलमा अनिलले विकेट लिए भने तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवक कार्की रन आउट भए भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो । अब भैरहवालाई जितका लागि अन्तिम बलमा ५ रन चाहियो तर, ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "विराटनगर बन्यो च्याम्पियन ,१ रनको रोमाञ्चक जित"

Leave a comment

Your email address will not be published.


*