वैतेश्वर गाउँपालिकाको एक वर्ष ७६ प्रतिशत भौतिक प्रगति ग¥यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, १२ जेठ
वैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा ७६ प्रतिशत भौतिक पूर्वाधारको काम गरेको छ । स्थानीय तहको निर्वाचनपछिको पहिलो वर्षमै जनप्रतिनिधिहरु आएपछि पुँजीगत खर्च उल्लेख्य बढेको छ ।
पुँजीगत खर्चतर्फ चालु आर्थिक वर्षमा अधिकांश योजना सडकका रहेका छन् । गाउँपालिका अध्यक्ष छवि लामाले पहिला सबैलाई सडक आवश्यकता परेकाले हतारमा सडककै योजना तर्जुमा गरी बजेट विनियोजन गरेको बताए । यसपाली लक्षित वर्ग जस्ता कार्यक्रममा बजेट विनियोजन नभए तापनि आगामी बजेटदेखि सबै पक्षलाई कार्यक्रम र बजेटले समेट्ने दाबी गरे ।
गाउँपालिकाको महत्वपूर्ण योजनाको रुपमा सबै वडाबाट गाउँपालिका केन्द्र पाडुसम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । ३२ किलोमिटर लामो उक्त सडकलाई द्रुतमार्गको नामाकरण गरेको छ । यो गाउँपालिकास्तरीय गौरवको योजना समेत भएको उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । उक्त सडकलाई ५ खण्डमा विभाजन गरी नयाँ ट्रयाक र पुरानो ट्रयाक समेत मिलाएर काम गरिएको छ । यसलाई १२ महिना गाडी चल्ने गरी काम गरिरहेको उनले बताए । वैतेश्वरका अहिले हरेक टोलसम्म पुग्ने सडक बनेको छन् । वैतेश्वर भित्र मात्र जम्मा २०० किलोमिटर सडक बनेको र त्यसमध्ये आधाभन्दा बढी १२ महिना गाडी चल्ने स्तरका बनेको उनले बताए ।
दोलखाको बैतेश्वर गाउँपालिकाले शुक्रबार एक वर्षको कामको समिक्षा ग¥यो । सबै प्रतिनिधि सभाका सांसद, प्रदेशसभाका सांसदहरु र पत्रकार राजनीतिक नेता, सामाजिक क्षेत्रका अगुवा सहित सम्मिलित टोली बनाएर द्रुत मार्गको प्रस्थान विन्दु वडा नं. १ को गोपी खोलाबाट सुरु भएर वडा नं. १, २, ३, ४ ६ मा रहेको गाउँपालिका केन्द्रको पाडुडाँडा हुँदै वडा नं. ५ को मैनापोखरी पु¥यायो । बीचमा भएका धार्मिक सांस्कृतिक, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका कामको प्रगतिको अवस्था समेत निरीक्षण गराए ।
स्थलगत भ्रमणपछि वैतेश्वरको कामबाट सबै उत्साहित भएको प्रतिक्रिया दिए । समिक्षा कार्यक्रममा संघीय संसदका सांसद पार्वत गुरुङले वैतेश्वरले एक वर्षमा सुरु गरेको काम प्रशसनीय भएको बताए । यही गतिमा काम गर्दा ५ वर्षमा नमूना गाउँपालिका बनाउनका लागि स्थानीय जनप्रतिनिधिहरुलाई शुभकामना समेत दिए ।
प्रदेश सभाका सांसद पशुपति चौलागाईले आफू पनि वैतेश्वरकै नागरिक भएकाले गाउँपालिकाको विकासमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । चुनाव लड्दा जुनसुकै दलबाट उम्मेद्वार भएर उठे पनि अब काम गर्न सबै एक हुने पर्ने बताए । अर्का प्रदेश सभा सदस्य विशाल खड्काले जिल्लाको केन्द्रमा भएको वैतेश्वरको विकासले जिल्लाभर प्रभाव राख्ने हुँदा त्यसको गतिलाई ख्याल गर्न उनले आग्रह गरे ।
गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज पराजुलीले भौतिक काम धेरै भए तापनि भुक्तानी गर्न बाँकी भएको बताए । कर्मचारी अभाव, अनुगमनमा समय लागेको लगायतका कारण भुक्तानीमा ढिला भए तापनि भुक्तानी पनि चाँडै हुने बताए । हालसम्म पुँजीगत खर्चको काम धेरै भए तापनि भुक्तानी ५४ प्रतिशत भएको बताए ।
यस गाउँपालिकाको प्रथम गाउँ सभाले २५ करोड ७० लाख ५६ हजार खर्च गर्न अख्तियारी प्राप्त गरेको थियो । गाउँपालिकाका कार्यकारि अधिकृत नबराज पराजुलिका अनुसार गाउँसभाले १ सय ५५ आयोजनाहरु सञ्चालन गरेका थिए । यी आयोजना मध्ये ९७ आयोजना समपन्नताको क्रममा रहेका छन् बाँकी आयोजनाहरुको पनि तिब्र गतिमा कार्य भईरहेको बताएको छ ।
गाउँपालिकाले केन्द्रका लागि स्थानीयबाट ५५ रोपनी जग्गादान प्राप्त गरेको छ । पाँडुडाडा प्राकृतिक रुपमा नै रमणीय प्रयाप्त ठाउँ समेत भएकाले त्यसलाई व्यवस्थित सहर बनाउनका लागि बेलैमा योजना बनाउन काम गर्नु पर्ने प्रदेश सभा सांसद खड्काले बताए ।
प्रशाकीय अधिकृत पराजुलीका अनुसार चालु आ.व.मा १ करोड २१ लाख आन्तरिक आम्दानी हुने लक्ष्य राखे तापनि बैशाख मसान्तसम्म ४३ लाख ७४ हजार मात्र संकलन भएको बताए । जुन लक्ष्यको ३६ प्रतिशत मात्र भएको उनले बताए । आन्तरिक आम्दानीको स्रोत कम हुँदा बजेटका लागि केन्द्र सरकारको भर पर्नु पर्ने अवस्था भएको बताए ।

Shares

Be the first to comment on "वैतेश्वर गाउँपालिकाको एक वर्ष ७६ प्रतिशत भौतिक प्रगति ग¥यो"

Leave a comment

Your email address will not be published.


*