शैलुङ गाउँपालिकामा साझेदारी मञ्च

चरिकोट–सुशासन प्रर्वद्धनका लागि विभिन्न गतिविधि सञ्चालनका लागि समन्वय गर्दै सर्वसाधरण नागरिकका सवालबारे बृहत छलफलका लागि दोलखाको शैलुङ गाउँपालिकामा साझेदारी मञ्च गठन गरिएको छ । गत सोमबार शैलुङ गाउँ कार्यपालिका बैठक पश्चात आयोजित छलफल पश्चात साझेदारी मञ्च गठन गरिएको छ ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल संयोजक रहनु भएको मञ्चमा उपाध्यक्ष लालमाया योञ्जन, प्रमुख प्रशासकिय अधिकृत रमेश विश्वकर्मा लगायत सबै वडा अध्यक्ष रहेका छन ।
कार्यक्रममा शैलुङ गाँउपालिका अध्यक्ष भरत दुलालले गाउँपालिकाले सेवा प्रवाह र विकास कार्यमा सुशासनलाई प्राथामिकतामा राखेको बताए । हुराडेक सँगको सहकार्यले गाउँपालिकालई सुशासनयुक्त बनाउँन थप मद्धत पुग्ने उनको भनाई छ ।


साझेदारी मञ्च गठन कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत शैलुङ गाउँपालिकामा सञ्चालन हुने गतिविधिको बारेमा परियोजना संयोजक शेरबहादुर भुजेलले जानकारी दिए । सो अवसरमा उनले शैलुङ गाउँपालिका गठन भएको स्थानीय सभा र साझेदारी मञ्चको नियमित बैठक आयोजना हुने, रेडियो श्रोता समुहको बैठक र छलफल, सामाजिक जवाफदेहिताका औजार बारे छलफल अन्तरक्रिया, गाँउपालिका स्तरमा सार्वजनिक सुनुवाई र सामाजिक लेखापरीक्षणको लागि प्राविधिक सहयोगका साथै मिडिया अवलोकन भ्रमण र सामाजिक जवाफदेहिताको औजारहरुको अभ्यास लगायतका गतिविधि सञ्चालन गरिने भुजेलले जानकारी दिए ।

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले शैलुङ गाउँपालिकामा गत बर्षदेखी सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहता परियोजनालाई निरन्तरता दिदै गाउँपालिका स्तरमा सुशासन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "शैलुङ गाउँपालिकामा साझेदारी मञ्च"

Leave a comment

Your email address will not be published.


*