संघीयता र प्रशासनबारे सिक्न नयाँ कर्मचारीलाई जिल्लामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

काठमाडौँ, ३० जेठ ९रासस० ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तालीमपश्चात् कर्मचारीलाई मुलुकको अवस्था बुझ्न देशका विभिन्न ठाउँमा खटाएको छ ।

संघीयता कार्यान्वयनसँगै मुलुकको प्रशासनिक कार्यबारे जानकारी दिनका लागि कर्मचारीलाई विभिन्न ५० जिल्लामा २१७ शाखा अधिकृतलाई दुई महिनाको प्रयोगात्मक अभ्यासका लागि खटाइएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले जानकारी गराउनुभयो ।

लोकसेवा उत्तीर्ण गरेपछि प्रतिष्ठानले चार महिना तालीम दिने गर्दछ । ‘‘हामीले चार महिनामा जे सिकाइएका थियौँ । अहिले ती कुरा जनतासँग प्रत्यक्ष काम गर्नका लागि शाखा अधिकृतलाई खटाएका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘त्यहाँ कर्मचारीले प्रतिष्ठानमा सिकेका कुरालाई व्यावहारिक रुपमा लागू गर्नेछन् ।’’

प्रतिष्ठानले गत वर्षबाट तालीमपश्चात् कर्मचारीलाई बाहिरी जिल्लामा खटाउँदै आएको हो । कर्मचारीले त्यहाँ रहँदा जिल्ला प्रशासन कार्यालय, मालपोत र स्थानीय तहमा गएर दुई महिना काम गर्नेछन् । यसरी पठाइएका कर्मचारीले विकास र संघीयतासम्बन्धी कुरा स्थानीय तहबाट सिक्ने, प्रशासनसम्बन्धी कुरा जिल्ला प्रशासन कार्याल र मालपोत कार्यालयबाट सिक्ने उहाँले बताउनुभयो ।
एक ठाउँका कर्मचारीलाई अर्को ठाउँ पठाइने गरिएको छ । कर्मचारीले एक महिना जिल्ला प्रशासन वा मालपोत र अर्को एक महिना स्थानीय तहमा अनिवार्य प्रयोगात्मक अभ्यास गर्नुुपर्नेछ । ठूला जिल्लामा छ र साना जिल्लामा चार जनाको समूह बनाएर अहिले उनीहरुले सिकिरहेका छन् ।
–––

Shares

Be the first to comment on "संघीयता र प्रशासनबारे सिक्न नयाँ कर्मचारीलाई जिल्लामा"

Leave a comment

Your email address will not be published.


*