सहाल उरुग्वेविरुद्ध खेल्नेमा शंका

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मस्को (एजेन्सी)– इजिप्टको मेडिकल टोली लिभरपुलका स्टार मोहम्मद सलाह इजिप्टको उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा खेल्ने नखेल्नेमा अझै निश्चित हुन सकेको छैन । इजिप्ट र उरुग्वेबीच शुक्रबार खेल हुनेछ । 

 

रियल म्याड्रिडविरुद्ध गत महिना भएको च्याम्पियन्स लिग फाइनलका दौरान सर्जियो रामोससँग ठोक्किएर सहालको काँधमा चोट लागेको थियो ।सोमबार टोलीका अन्य खेलाडीसँगै सलाह प्रशिक्षणमा सामेल भएपनि उनी पहिलो खेलमा खेल्ने नखेल्ने टुंगो लागेको छैन । इजिप्ट फुटबल टोलीको मेनेजिङ डाइरेक्टर इहाब लिहिताले सहालको अवस्थाका बारेमा हरेक दिन निरिक्षण गरेको बताएका छन् ।

‘हामीले च्याम्पियन्स लिगको फाइनलदेखि नै उनको चोटको अवस्था हेरिरहेका छौं । सहालले कायरोमा पनि अभ्यास गरे । हिजो र आज पनि गरे,’ उनले भने, ‘हामीले सबै परिस्थितिलाई हेरिरहेका छौं । उनको काँधमा हरेक दिन उपचार भइरहेको छ । उनी इन्डो र जिममा पनि अभ्यास गरिरहेका छन् । आज भने उनले मैदानमा अभ्यास गरे । ‘

‘उनको चोटमा भने सुधार भइरहेको बताएका छन् । उनको चोटमा विस्तार सुधार भएको छ । तर आजै उनी पहिलो खेलमा खेल्छन् खेल्दैनन् पक्का गर्न सकिन्न,’ लिहिताले भने, ‘अहिले यति भन्न सकिन्छ उनले खेल्ने हामीले आशा राखेका छौं ।’

यदि उनले पहिलो खेल खेल्न सकेनन् भने पनि आयोजक रसियाविरुद्ध जुन १९ मा हुने खेलमा भने सहाल खेल्ने अपेक्षा गरिएको छ । त्यसको छ दिनपछि इजिप्टले साउदी अरेबियाको सामना गर्नेछ ।

Shares

Be the first to comment on "सहाल उरुग्वेविरुद्ध खेल्नेमा शंका"

Leave a comment

Your email address will not be published.


*