साहित्यकार विष्णु सुवेदीको कविता संग्रहती फूलहरु खैमा ?बारे एक चर्चा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

विषयप्रवेश
विष्णु सुवेदीको व्यक्तित्वका विविध आयामहरू देखा परेता पनि उनी मूलतःकवि व्यक्तित्वका रुपमा रहेका छन् । उनका हाल सम्म चार वटा कविता संग्रहहरू प्रकाशित भएका छन् । विष्णु सुवेदीको तीफूलहरू खै ?कविता संग्रह पहिलो प्रकाशित कविता संग्रह हो । जसको प्रकाशन २०४८ सालमा भएको हो ।सुवेदीले यस कविता संग्रह प्रकाशनको क्रममा आफ्नो उपनाम ‘प्रायश्चित’भनि राखेका छन् । यस कृतिमा रमेश खड्काले भूमिका लेखेका छन् । आफ्नो भनाई शीर्षक अन्तर्गत सुवेदीले कृतिप्रकाशनकाबारेमा केही कुरा व्यक्त गरेका छन् ।
यस कविता संग्रहमा रहेका कविताहरू मध्ये पहिलो कविताको रुपमा तेन्जिङ्ग अब हिमाल चढ्दैन शीर्षकको कविता रहेको छ । यस शीर्षकमा प्रयुुक्त तेन्जिङ्ग सम्पूर्ण नेपाली स्वभिमानी मन÷ हिमाल आरोहिहरूको प्रतीकको रुपमा रहेको छ । यस कविताले हिमालसँगको क्रय– विक्रयले हिमालफोहोर, दुर्घन्दितहँदै गएको र त्यो देखि सम्पूर्ण तेन्जिङ्गहरूको मन रोएको अवस्थामा तेन्जिङ्ग स्वाभिमानको, आत्म स्वीकृतिको, वीजयको, हर्षको, गौरवको झण्डा फहराउन अब हिमाल चढ्दैन र चढ्न सक्दैन भन्ने भावव्यक्त भएको हुँदा शीर्षक सार्थक रहेको छ ।
यस कविता संग्रहमा रहेका कविताहरुm मध्ये दोस्रो कविताको रुपमा लेख्न बाँकी नै छन् ती कथारुm शीर्षकको कविता रहेको छ । यस कवितामा युद्ध लड्न, दुश्मनलाई जलाउन, परिवर्तनका विरोधीहरूलाई बगाउन, वर्ग संघर्षको विरोध गर्न, भोका नाङ्गा र वेरोजगारका पक्षमा आवाज उठाउन, सत्ताको विरुद्धमा नारा लगाउन, नपुंसक इतिहास कोर्नेको प्रतिपक्षबन्नअझै पनिबाँकी नै रहेको साथै गोरे, च्यामे, कालीको कथा लेख्न बाँकी रहेको कुरा व्यक्तगरिएको छ । यसर्थ कविताको शीर्षक अभिधा रुपमानै सार्थक रहेको छ ।
यस कविता संग्रहमा रहेका कविताहरू मध्ये बस्ती ब्युँझाउनेहरुm शीर्षकको कविता तेस्रो कविताको रुपमा रहेको छ । दुई शब्दबाट बनेको यस कविताको शीर्षकले जनताकापक्षमा आवाज बुलन्द गर्दै हिड्ने परिवर्तनका संवाहक क्रान्तिकारी योद्धाहरूप्रति संकेत गरेको छ । र तिनै बस्ती ब्युँझाउनेहरुmप्रतिकविले सुवेच्छा, कामना, सम्मान व्यक्त गर्न खोजेका छन् भने उनिहरुmको साथमा साथदिन समेत चाहेका छन् । कवितामा व्यक्त भएका भाव र प्रयुक्त शीर्षक बिचमाता दाम्यता रहेकाले शीर्षक सार्थक रहेको छ ।
तीफूलहरू खै ?कविता संग्रहमा संग्रहिततीफूलहरू खै ?शीर्षकको कविता चौथो कविताको रुपमा रहेको छ । यस कविता माती फूलहरू भनेर देशका निम्ति आफैँलाई बलिदान गर्ने सहिदहरू प्रति संङ्केत गरिएको छ । ती अमर सहिदहरूको बलिदानीको महत्व क्षीण हुँदै गइरहेको समयमा कवि आफूले तिनै फूलहरूको खोजिगर्दै हिडेको र तीफूलहरूको ठेगाना प्राज्ञ, लेखक, साशक र प्रहरीसँग सोधिरहेको सन्दर्भमा कविताको शीर्षक तीफूलहरू खै ? सार्थक रहेको छ ।


तीफूलहरू खै ?कविता संग्रहमा संग्रहित छरपट्टको संगालो शीर्षकको कवितापाँचौ कविताको रुपमा रहेको छ । यस शीर्षकमा तीन उपशीर्षक अन्तर्गत लघुत्तम आयामका कविताहरू रहेका छन् , तीहुन् क्रमशःहामी, हाँसो, समाप्तीको, देशान्तरको खोजी ।हामी उपशीर्षक अन्तर्गतको कवितामा मान्छेले निरर्थक जीवन भोग्न बाध्यभएको, हाँसोउपशीर्षक अन्तर्गतको कवितामा मान्छे अर्थ विहिनहाँसोमा रमाउनविवशभएको, समाप्तीकोउपशीर्षक अन्तर्गतको कवितामा मान्छे अर्थ विहिनबाँचेर निरर्थक मृत्युको मुखमापुगेर समाप्तहुनुपर्ने स्थितिको चित्रण र देशान्तरको खोजीउपशीर्षक अन्तर्गतको कवितामाबलत्कृत कुमारी आमाको मृत्यु पश्चातउसको सन्तानले पहिचानको निम्ति गर्नुपर्ने संघर्ष आदिविविध विषयलाई एकै ठाउँमा समेटि छरपट्टको संगालो शीर्षक दिइएको यस कविताको शीर्षक सार्थक छ ।
यस कविता संग्रहमा रहेका कविताहरु मध्ये इतिहास कोर्ने सवालमा शीर्षकको कविता छैटौँ कविताको रुपमा रहेको छ । इतिहास कोर्ने सवालमा कवि आफू सहर पुगेको र त्यो सहर सोचेभन्दा पृथक र निकै नै जालझेलले भरिएको अवस्थामा परिवर्तित भएको र त्यसले आफूलाई दुःखी, मर्माहत बनाएको सन्दर्भ प्रस्तुत कवितामा व्यक्त गरिएको छ ।
यस कविता संग्रहमा रहेका कविताहरुmमध्ये तीकलम त्यसै, त्यसैशीर्षकको कविता सातौँ कविताको रुपमा रहेको छ । कवि, लेखक, साहित्यकार, प्राज्ञ, बुद्धिजीवि वर्गहरुmले विना अर्थ त्यसै समय विताउन कृतिहरुmको रचना गरेका हैनन् भन्दै कविले देश विदेशकाश्रष्टा लेखकहरुmको नाम समेत कविताको सन्दर्भमा उल्लेख गरेका छन् । कविताको शीर्षक अभिधाकै रुपमा रहेर पनि शक्तिशाली बन्नपुगेको छ । जस्तैः
इश्वर वल्लभकाऔँलाहरू सिद्धि चरणका मस्तिष्कहरू
यस कविता संग्रहमा रहेका कविताहरू मध्ये आठौँ कविताको रुपमातैले यो धरतीमा एक पटकशीर्षकको कविता रहेको छ । यस कवितामाकविले देशभक्तनागरिकको अपेक्षा गरेका छन् भने आफ्नो अपेक्षाप्रतिकूलको नागरिक बढ्दै गएकोमाचिन्ताव्यक्त गरेका छन् । राष्ट्रको निम्तिबहादुर र सुपुत्र छोराको खाँचो भएको कुराले शीर्षक सार्थक भएके छ ।
कविता संग्रहमा रहेका कविताहरू मध्ये नवौँ कविताको रुपमा अपूर्ण वाक्यात्मक संरचनाभएको समय र सभ्यताको समभmदारीशीर्षकको कविता रहेको छ । यस कवितामा समय–समयमाहुने गरेका मानवीयध्वंस र युद्धद्वारा रचिएको हिजोको सभ्यताले आजलाचार र विवशहँुदै क्षमामगिरहेको सन्दर्भ प्रस्तुतगरिएको छ । समयको गति सँगै सभ्यताको विकासको लागिशान्तिको आवाश्यकता रहेको र यसको निम्ति समय र सभ्यताको आपसमा समझदारी हुनुपर्ने कुरा कविले व्यक्त गरेका छन् ।
यस कविता संग्रहमा रहेका कविताहरू मध्ये दसौँ कविता अपूर्ण वाक्यात्मक संरचनाभएको एक दृष्टिः हामीहरूको मृत्युशीर्षकको हो । यस कवितामामानवीयजीवनको विभत्स भोगाइ र जीवनपर्यन्तको अर्थहिन मृत्युलाई स्वतन्त्र रुपले भोग्न र हेर्न नपाएको गुनासो कविले व्यक्त गरेका छन् । स्वतन्त्रताको चाहना राख्दै जुलुसको साथमानाराले स्वरहरु घन्काउँदा समेत मृत्युमा फरक नआएको र उही रोग, भोक, र कष्ट लिएर मान्छे मृत्युको पर्खाइमाअताल्लिनविवशहुँदा पुस्तौ पुस्ता देखिको मृत्यु र आजको मृत्युमा केही परिवर्तन ल्याउननसक्ने तीनारा र जुलुुसहरूको पनि अर्थ रहेन भन्दै कविआजका मृत्युहरूप्रति एक दृष्टि लगाउँदछन् ।
तीफूलहरू खै ?कविता संग्रहमा एघारौँ कविताको रुपमाफूलको अपहरण गर्ने कुराशीर्षकको कविता रहेको छ । यस कविताले वर्तमानमाफूल र मालीदुवै भ्रष्ट हुँदै गएको र माली नै फूलको अपहरण गर्ने कुरामा अग्रसर भएको भन्दै समाजमाविद्यमान कुसंस्कार र विकृतिलाई संकेत गरिएको छ । कविताको शीर्षक प्रतीकात्मक रहेको छ
यस संग्रहमाबा¥हौँ कविताको रुपमामेरो लासलाई त्यहीं परको शीर्षकको कविता रहेको छ । यस कवितामाकविले आफ्नो लासलाई धर्तीको चिहानमा नगाड्न आग्रह गरेका छन् भने वायुमण्डलमा चिहान कोपेको छु भन्दै अतिशयोक्तिपूर्ण अभिव्यक्ति प्रस्तुत गरेका छन् । यस कवितामा मान्छेका व्यवहार र आचरण बाट वाक्कभएकाकवि मृत्यु पश्चातपनि मान्छेले आफ्नो शरिर नछोइदियोस् भन्दै भोलीको मृत्युलाई पनि ठाउँ नहोलाकी?भन्ने शंकाव्यक्तगर्दछन् ।
यस कविता संग्रहमा ते¥हौँ कविताको रुपमावाक्यात्मकविचलनभएको भन्नुस् आमा नढाँटी मलाईशीर्षकको कविता रहेको छ । यस कविताको शीर्षकले आमालाई ती को हुन् जसले क्रान्तिको, स्वतन्त्रताको विरुद्धमा औँला उठायो ?जसले प्रजातन्त्र प्रेमीबनीप्रजाको प्रजाको इज्जत लुट्यो ती को हुन् भन्दै प्रश्न गरेको छ । शीर्षक प्रतीकात्मक रुपमा रहेपनिभावानूकुल सार्थक नै छ
यस कविता संग्रहमाचौधौँ कविताको रुपमावाक्यात्मक संरचनामा रहेको शहीदलाई श्रद्धा चढाउन आतुर छु मशीर्षकको कविता रहेको छ । यो कविताको शीर्षक अभिधात्मक रुपमा रहेको छ । यसमा सहिदको वलिदानीको सम्झना र त्यसप्रतिकविले व्यक्त गरेका आफ्नाभावहरू नै मुख्य रुपमा रहेको छ ।
यस कविता संग्रहमापन्ध्रौँ कविताको रुपमावाक्यात्मक संरचनामा रहेको प्रश्नात्मकशीर्षकको यी पहाडहरू किनमौन छन् आज?कविता रहेको छ । यसमा पहाडको मौनताप्रतिप्रश्नगरिएको छ । कविताले अभिधात्मक रुपमा पहाडको खिन्नता, साहसको कमी, विद्रोहप्रतिउदासिनता जस्ता कुराहरुmको चर्चा गरेतापनियसले साधारण जनताहरूको प्रतिनिधित्व गरेको छ
यस कविता संग्रहमाअन्तिमकविताको रुपमायो स्वतन्त्रताशीर्षकको कविता रहेको छ । यस कविताले मान्छेमाहुने आडम्बरी, देखावटी पनलाई व्यङ्ग्य गरेको छ । यस कविताको शीर्षकले स्वतन्त्रताको नाममाहुने गरेका, भएकाविकृति र विसङ्गतिलाई यथार्थ रुपमा प्रस्तुत गरेको छ । कविताको शीर्षक व्यङ्ग्यात्मक रहेको छ ।
यस कविता संग्रहमाजम्मा १६ वटा कविताहरु रहेका छन् । जसमा पूर्ण वाक्यात्मक ढाँचामा संरचित शीर्षकहरुमा क्रमशः तेन्जिङ्ग अब हिमाल चढ्दैन, तीफूलहरू खै ?, शहीदलाई श्रद्धा चढाउन आतुर छु म, यी पहाडहरुm  किनमौन छन् आज?हुन् । विचलनयुक्त पूर्ण वाक्यात्मक ढाँचामा संरचित शीर्षकहरूमा क्रमशः लेख्न बाँकी नै छन् तीकथाहरू, भन्नुस् आमा नढाँटी मलाई हुन् । यसैगरी अपूर्ण वाक्यात्मक ढाँचामा संरचित शीर्षकहरुमा क्रमशःबस्ती ब्यँुझाउनेहरू, इतिहास कोर्ने सवालमा, तीकलम त्यसै त्यसै, तैले यो धरतीमा एक पटक, समय र सभ्यताको समझदारी, एक दृष्टिः हामीहरुmको मृत्यु, फूलको अपहरण गर्ने कुरा, मेरो लासलाई त्यहीं परको….., यो त स्वतन्त्रताहुन् । छरिपट्टको संगालो शीर्षक अन्तर्गत रहेका तीनउपशीर्षकहरू क्रमशः एक एकशब्दमा संरचित छन् भने अन्तिम एक उपशीर्षक दुई शब्दमा संरचित छ । यसरी हेर्दा शीर्षक संरचनाको ढाँचा पूर्ण वाक्यात्मक, अपूर्ण वाक्यात्मक र एक शब्द सम्म रहेको छ ।

लेखक सिरु बिमली
शिक्षकशान्तिआर्दश माबि
विगु गा.पा ४ लादुक दोलखा

Shares

Be the first to comment on "साहित्यकार विष्णु सुवेदीको कविता संग्रहती फूलहरु खैमा ?बारे एक चर्चा"

Leave a comment

Your email address will not be published.


*