सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

काठमाडौं–सिन्धुपाल्लोकको सेलाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । भूकम्प बिहान पाँच बजेर ६ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको काठमाडौंलगायतका आसपासका जिल्लामा महसुस गरिएको छ । बिहानै गएको भूकम्पले कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प पनि २०७२ साल वैशाखमा गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको परकम्प हो ।

भुकम्प मापन केन्द्रका भूकम्पविद चिन्तन तिम्सिनाका अनुसार ७२ सालको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । यो क्रम केही पातलिएको तिम्सिनाले बताए । विस्तारै र लामा समयको फरकमा गएको यो परकम्पलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहानै भूकम्पको धक्का"

Leave a comment

Your email address will not be published.


*