५ वर्षिया बालिका बलात्कार अभियोगमा कर्मचारी पक्राऊ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, ११ असोज
तामाकोसी गाउँपालिका वडा नं. ६ च्यामामा ५ वर्षिया बालिका माथि बलात्कार अभियोगमा छिमेकी पक्राऊ परेका छन् । बलात्कारका घटनाको २० दिनपछि अभियुक्त ५१ वर्षिय कमल बजगाईलाई प्रहरीले पक्राऊ गरेको हो । देशभर भइरहेको बेला च्यामामा पनि बालिका त्यसको सिकार भएकी थिइन् ।
बजगाईलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले काठमाडौं कोटेश्वरबाट पक्राऊ गरेको हो । विहीबार पक्राऊ परेका अभियुक्तलाई दोलखा ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको टोलीले १२ दिनदेखि काठमाडौंमै खोजी गरिरहेको थियो ।
साँझ घरमै खेलिरहेकी बालिका घर नजिकै बलात्कारित भएको आफन्तले जानकारी दिएका थिए । बालिका बलात्कार गर्ने अभियुक्त उनै भएको आफन्तहरुले प्रहरीलाई जानकारी गराएका थिए । घटना लगत्तै बजगाई फरार थिए । घटनाको भोलिपल्टै चरिकोट ल्याएर बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार नै भएको प्रमाणित भएको आफन्तले जानकारी दिए ।

Shares

Be the first to comment on "५ वर्षिया बालिका बलात्कार अभियोगमा कर्मचारी पक्राऊ"

Leave a comment

Your email address will not be published.


*