दोलखा जिल्ला निर्माण व्यवसायी संघको स्थगित निर्वाचन बैशाख २९ गते

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः दोलखा जिल्ला निर्माण ब्यावसायी संघको स्थगित निर्वाचन बैशाख २९ गते हुने भएको छ । आठौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न सो निर्वाचन बैशाख २९ गते हुने भएको हो ।
उमेद्वारी दर्ता भइसकेपछि विशेष कारण बस रोकिएको भनिएको निर्वाचनकालागि निर्वाचन तालिका समेत निर्वाचन समितिले सार्वजनिक गरको छ । बैशाख २१ गते उमेद्वार उपर दावि विरोध,२२ गते उमेद्वारी फिर्ता र अन्तिम नामावली प्रकाशन तथा २९ गते निर्वाचन गरिने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दोलखा जिल्ला निर्माण व्यवसायी संघको स्थगित निर्वाचन बैशाख २९ गते"

Leave a comment

Your email address will not be published.


*